भरतपुर : विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) संगठनले यौन दुराचारी शिक्षकलाई कारवाही गर्न माग गरेको छ ।
गैंडाकोट नगरपालिका स्थित जनक नमुना माबिका शिक्षकले विद्यार्थीलाई यौन दुर्ववहार गर्न खोजेको घटनाप्रती सो संगठन आक्रोशित वनेको हो ।
विद्यार्थीलाई विद्यालयमै अश्लील भिडियो देखाइ सो जघन्य अपराध गरेको शिक्षकको त्यस्तो व्यवहारले संगठनलाइ आक्रोशित बनाएको विज्ञप्तिमा उल्लेख छ।
उक्त यौन दुराचारी शिक्षकलाई तत्काल बर्खास्त गरि कानुनी कारवोही गर्न आग्रह गदै पिडित छात्राको आत्मसुरक्षा तथा क्षतिपूर्तिको व्यवस्था गर्न संगठनले जोडदार माग गरेको विज्ञप्तिमा भनिएको छ।