• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, साउन १५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

आफैंले प्रयोग गर्न सकिने यी स्वास्थ्य उपकरण र औषधिलाई घरमै राख्‍नुस्

काठमाडौं : हरेक स्वास्थ्य समस्यामा चिकित्सकको निर्णय नै अन्तिम र सत्य हुने गर्छ । तर कतिपय स्वास्थ्य समस्या सामान्य र घरमै आफैं उपचार गर्न सकिने हुन्छन् ।

आफैंले घरमा प्रयोग गर्न सकिने स्वास्थ्य उपकरण राख्न सके सामान्य उपचारकै लागि अस्पताल वा स्वास्थ्य संस्थामा पुग्नुपर्दैन । यसबाट तनाव कम भई स्वास्थ्यमा केही सुधारसमेत ल्याउन सकिन्छ ।

घरमै प्रयोग गर्न मिल्ने स्वास्थ्य उपकरण

थर्मामिटर

ज्वरोको मापनका लागि थर्मामिटर आवश्यक पर्छ । पहिले मर्करीयुक्त थर्मामिटर प्रयोगमा रहेपनि विश्व स्वास्थ्य संगठनले बन्देज लगाएपछि बजारमा अहिले डिजिटल थर्मामिटर पाइन्छ । ज्वरो आएको बेला अधिकतम तापक्रम रेकर्ड गर्न सकिए यसले रोग पहिचान गर्न र त्यसबाट पार पाउन मद्दत गर्छ । थर्मामिटरको बजार मूल्य एक सय रुपैयाँदेखि सुरु हुन्छ ।

ग्लुकोमिटर

मधुमेह अर्थात् सुगर भएका बिरामीको घरमा ग्लुकोमिटर राख्ने गरिन्छ । यसबाट रगतमा सुगरको मात्रा जाँच गरिन्छ । ग्लुकोमिटरको मद्दतले डाइबिटिजका साथै अन्य रोगको जोखिमबारे सतर्कता अपनाउन सकिन्छ । यसको बजार मूल्य १ हजार ५०० देखि २ हजार रुपैयाँसम्म रहेको छ ।

अक्सिजन कन्सन्ट्रेटर र नेबुलाइजर

अक्सिजन कन्सन्ट्रेटर हावामा भएको अक्सिजनलाई एकीकृत गर्ने विद्युतीय उपकरण हो । घरमा दमका बिरामी भए अक्सिजन कन्सन्ट्रेटर वा अक्सिजन सिलिन्डर राख्नु आवश्यक हुन्छ । अक्सिजन सिलिन्डर भन्दा कन्सन्ट्रेटर थोरै महंगो पर्छ । नेबुलाइजर राख्नसके बिरामी घरमै गम्भीर भएपनि सहज हुनसक्छ ।

अक्सिजन कन्सन्ट्रेटर प्रयोग गरेर अक्सिजन लिने नलिनेबारे निर्णय लिन सकिन्छ । नेबुलाइजर एक चिकित्सकीय उपकरण हो । यसको माध्यमबाट तरलजन्य औषधिलाई बाफ बनाइ बिरामी तथा बालबालिकालाई खुवाउन सकिन्छ । औषधिलाई श्वासप्रश्वासको माध्यमबाट शरीरभित्र पु¥याउन यसको प्रयोग गरिन्छ ।

बिरामीले सास फेर्न नसक्दा यसको प्रयोग गरेर केही राहत पाउन सकिन्छ ।

ब्लड प्रेसर सेट

धेरैजसो सर्वसाधारण ब्लड प्रेसर वा रक्तचापको समस्याबाट ग्रसित छन् । स्वास्थ्यका दृष्टिकोणले उच्च रक्तचाप र न्यून रक्तचापलाई राम्रो मानिंदैन । रक्तचाप ठीक हुनु अति आवश्यक छ ।

अहिले बजारमा डिजिटल ब्लड प्रेसर सेट उपलब्ध छ । जुन प्रयोग गर्न विशेष ज्ञानको आवश्यकता पर्दैन । सर्वसाधारणले पनि यसको प्रयोग गर्न सक्छन् । यसको मूल्य ३ हजारदेखि ४ हजार ५ सय रुपैयाँसम्म पर्छ ।

वेइङ स्केल

अत्यधिक तथा न्यून तौल स्वास्थ्यका लागि राम्रो मानिंदैन । अचानक तौल बढ्नु र घट्नुमा विभिन्न प्रकारका स्वास्थ्य समस्या हुन सक्छन् ।

विनाकारण तौलमा अनावश्यक घटबढ भए चिकित्सकको सल्लाह लिनुपर्छ । तौल नाप्ने वेइङ स्केलको माध्यमबाट नियमित तौल जाँच गर्न सकिन्छ । उमेर अनुसारको तौल र तौल अनुसारको उमेर नभए स्वास्थ्य परामर्श लिनु आवश्यक हुन्छ । घरमै यो मेसिन राख्दा गम्भीर प्रकृतिका रोग लाग्नुभन्दा पहिल्यै बच्न सकिन्छ ।

प्राथमिक उपचार किट

घरमा सामान्य औषधि उपचार बाहेक प्राथमिक स्वास्थ्य उपचार किट हुनु आवश्यक छ । उक्त किटमा घाउ, चोट लाग्दा प्रयोग हुने ब्यान्डेज, कटन, गज र डेटोलजन्य सामग्री हुन्छन् ।

प्राथमिक उपचार किटले बिरामी अर्थात् घाइतेलाई अस्पताल पुर्‍याउँदासम्म दुखाइ कम गर्ने, रगत बग्न नदिने तथा सहज अनुभव गराउने जस्ता काम गराउँछ । प्राथमिक उपचारका लागि चाहिने न्यूनतम सबै सामग्रीसहितको किट करिब एक हजार रुपैयाँमा पाइन्छ ।

ज्वरो र दुखाइ कम गर्ने औषधि

पारासिटामोल, आइबुप्रोफिन लगायतका ज्वरो र दुखाइ कम गर्न प्रयोग हुने सामान्य औषधि, महिनावारी हुँदा दुखाइ कम गर्ने औषधि र जीवनजल आदि औषधि घरमा राखिरहनुपर्छ ।

यस्ता औषधि घरमा हुँदा तनाव कम हुने मात्रै नभई समयको समेत बचत हुन्छ । तर यस्ता औषधिको मात्रा बढी नै चाहिएको छ भने स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्छ ।

  • औषधि
  • स्वास्थ्य उपकरण
आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.