• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

लोकप्रिय समाचार

  • १. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ३. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ४. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ६. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ७. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८. घट्यो सुनचाँदीको मूल्य

  • ९. पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • १०. माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

‘राष्ट्रिय लोकदोहोरी महोत्सव’ टुँडिखेलमा सुरु, ६७ समूहबीच प्रतिस्पर्धा

काठमाडौं : ‘राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८’ शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले महोत्सव शुभारम्भ गरे ।

विभिन्न जातजाति, भूगोल, धर्म संस्कृतिमा गाइने लोक संगीत देशको अमूल्य सम्पत्ति भएको उनले बताए । वनजंगल, रोधी, विवाहमा गुञ्जने लोकदोहोरी अन्तर्राष्ट्रियकरण हुँदै गएको उपराष्ट्रपति पुनले बताए ।

‘लोकदोहोरी संगीतले व्यावसायिक रुप पनि लिइरहेको छ,’ पुनले भने, ‘यसबाट भन्न सक्छौं हाम्रो चिनारी, हाम्रो गौरवको रुपमा रहेको लोकदोहोरी गीत अन्तर्राष्ट्रियकरण भइरहेको छ ।’

दोहोरीगीत सुन्दा जस्तो आनन्द, रोमाञ्चकता र उत्सुकता अरु गीतमा नहुने उनको भनाइ थियो । पाँच दिनसम्म चल्ने महोत्सवलाई डीएआर मुभिज एण्ड फिल्म्स इन्डष्ट्रिजले आयोजना गरेको हो ।

विभिन्न जातजातिको संस्कृति झल्कने झाँकी प्रदर्शनीसहितको र्‍याली माइतीघरदेखि सुरु भई टँुडिखेलमा पुगेपछि महोत्सव सुरु भएको थियो । महोत्सवको पहिलो दिन विभिन्न लोकभाकाका गायक-गायिकाले प्रस्तुति दिए ।

पूर्वेली गीतदेखि सुदूरपश्चिमको देउडा भाकासम्म एउटै मञ्चबाट गुञ्जिएको थियो । उपराष्ट्रपतिकै आग्रहमा बागलुङ र म्याग्दी जिल्लामा गाइने लोपोन्मुख यानीमाया भाकासँगै रोल्पा जिल्लातिर गाइने मौलिक लोकभाका ‘साइँला बरै’समेत टुँडिखेलमा प्रस्तुत गरियो ।

वीरन्द्रकुमार झाले मैथिली गीत प्रस्तुत गरे भने कमलीकान्त भेटवालले पूर्वेली गीत प्रस्तुत गरे । मणिराम करिया मगरियाले थारु गीत गाए भने सरोज लामिछाने र रामकुमार नेपालीले काँठे लोकभाका पस्किए ।

नन्दकृष्ण जोशी र पुष्पा बोहोराले देउडा भाका गाए भने टीका बमजनले तामाङ सेलो गीत गाए । महोत्सवको पहिलो दिन लोकगीतमा योगदान दिने अग्रज कलाकारलाई सम्मान समेत गरिएको थियो ।

देउडा गायक नन्दकृष्ण जोशी, भोजपुरी गायक धु्रवसिंह ठकुरी, थारु गायक मणिराम करिया मगरिया, अग्रज गायिका तीर्थकुमारी थापा, मैथिली गायक वीरेन्द्रकुमार झा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मरविरही गुरुङलाई सम्मान गरिएको थियो ।

स्वर्गीय बुद्धिकृष्ण लामिछाने, रत्न बानियाँ, जंगबहादुर गन्धर्व, भगवती दंगाललाई मरणोपरान्त सम्मान प्रदान गरियो । देशभरबाट सहभागी ६७ समूहबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने समूहलाई ५ लाख रुपैयाँसहित पदक तथा अन्य पुरस्कार प्रदान गरिनेछ । त्यस्तै द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख रुपैयाँसहित अन्य पुरस्कार प्रदान गरिनेछ ।

पुरुषोत्तम न्यौपाने, घमेश दुलाल, हरि थापा, सीता थापा, रीता थापा, कमलीकान्त भेटवाल र शिव हमाल निर्णायकका रुपमा छन् ।

अमृत खाती, मीना मैयाँ थापा, भीमसेन खतिवडा, सरोज लामिछाने, रविन लामिछाने, कल्पना दाहाल र रामकुमार नेपाली सम्मिलित निर्णायक मण्डल समेत रहेको छ । महोत्सवमा उत्कृष्ट गायक-गायिकालाई २५ हजार नगद पुरस्कार एवं २० हजार राशीको नवप्रतिभा पुरस्कार समेत प्रदान गरिने भएको छ ।

  • ‘राष्ट्रिय लोकदोहोरी महोत्सव’
  • ६७ समूहबीच
  • टुँडिखेलमा सुरु
  • प्रतिस्पर्धा
आइतबार, चैत २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो
मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

लोकप्रिय

  • १.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ६.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

भर्खरै

  • १.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • २.
    घट्यो सुनचाँदीको मूल्य

  • ३.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

  • ६.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ७.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.