एक महिला महिनावारीमा आफ्नै स री र बाट निस्केको रगत दल्छिन् । उनी २८ वर्षकी लौरा टेक्सीरिय हुन् । उनी हरेक महिना यसो गर्छिन् । त्यसपछि बाँकी भएको र ग त लाई पानीमा मिसाएर आफूले रोपेका बोट बिरुवामा हा ल्छि न् ।
‘सिडिङ् द मून’ नामको यो प्र था विभिन्न पुरानो मान्यतासँग प्रेरित छ जसमा महिनावारीको र ग त लाई उर्वरताको प्रतिकको रुपमा हेरिन्थ्यो ।
यो प्र थालाई मान्ने महिला आफ्नो महीनावारीलाई आफ्नै अन्दाजमा बाँच्छन् । लौरा बीबीसीलाई भन्छिन्, ‘जब म आफ्ना बोटबिरुवामा पानी हाल्छु तब म – मलाई माफी दिनुस् ।
म तपाईंलाई धेरै माया गर्छु र तपाईंप्रति आभारी छु – भन्दै एउटा मन्त्र जप्छु । ’ लौराका अनुसार जब उनी आफ्नो र ग त लाई अनुहार र शरीरमा लगाउँछिन् तब उनी आँखा बन्द गर्छिन् र आभारी महसुस गर्छिन् ।
यसले उनलाई शक्तिको संचार भएको महसुस गराउँछ । लौराका अनुसार यो प्र था महिलालाई सशक्त बनाउनसँग सम्बन्धित छ ।
उनी भन्छिन्, ‘समाजमा सबैभन्दा ठूलो भे द भा व मासिक धर्मसँग जोडिएको छ । समाजले यसलाई खराब मान्छ । सबैभन्दा ठूलो ल ज्जा को विषय पनि यही हो किनभने महिला आफ्नो महिनावारीको दौरान सबैभन्दा धेरै ल ज्जा महसुस गर्छिन् ।’
सन् २०१८ मा ‘वर्ल्ड सीड योर मून डे’ इभेन्टलाई सुरु गरेकी बडी साइको थेरेपिस्ट, डान्सर र लेखक मोरेना कार्डोसो भन्छिन्, ‘महिलाका लागि सिडिङ द मून एक निकै सरल र उनीहरुको मनलाई शक्ति दिने तरिका हो ।’ बीबीसी अंग्रेजी सेवाबाट