झापामा ट्याक्टर अनियन्त्रित भई पल्टिदा एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका-१० स्थित भित्रि सडक खण्डमा ट्याक्टर अनियन्त्रित भई पल्टिदा सो मृत्यु भएको हो ।
मृत्यु हुनेमा झापा दमक नगरपालिका-८ का २३ बर्षीय विकास ताजपुरिया रहेका छन् । ताजपुरिया ट्याक्टरमा सहयोगीको रुपमा काम गर्दथे।
विहिवार बेलुका साँढे ५ बजे सिमेन्ट बोकेको मे.१त ३७४६ नम्वरको ट्याक्टर पल्टिएको प्रहरीले जनाएको छ ।
ट्याक्टर पल्टिदा ईन्जिनको भागले किचेर ताजपुरिया घाईते भएका हुन् । घाइतेलाइ एडभान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।