उदयपुर : उदयपुरको बेलका नगरपालिका–३ बुद्ध चोककी १६ वर्षीया बालिका कविता सुनुवारको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । घरबाट बिहान ४ बजे ट्युसन पढ्न हिँडेकी किशोरीको हत्यामा संल ग्न भएको आरोपमा मृतकका सहपाठीसहित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका-३ किराँत चोककी १७ वर्षीया सरिता ढकाल (खत्री) उनका ठूलो बुबाका छोरा १९ वर्षीय विनोद ढकाल (खत्री)लाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
बेलका नगरपालिका-३ स्थित कोशी जनता माद्यामिक विद्यालय रामपुरको कक्षा १० मा अध्ययनरत सुनुवारको एउटै कक्षामा पढ्ने मिलनसार साथीको योजनामा बेलका बाँस घारीमा ह’त्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय परिषरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आरोपित सार्वजानिक गर्दै एसपी सुवासचन्द्र बोहोराले घटनाको प्रकृति र बयान हेर्दा झण्डै १० दिनअघि कवितालाई ह त्या ग’र्ने योजना रहेको बताएका छन ।
व्यक्तिगत रिसिवीका कारण कवितालाई सोही ठाउँकी १७ वर्षिया सरिता ढकालले योजना बनाएर दाजु छिमेकी मुलुक भारतको सिक्किम राज्य बियुङ घर भई हाल बेलका नगरपालिका-३ मा बस्दै आएका १९ वर्षिय बिनोद ढकालको साथ लिएर ह त्या ग रेको प्रारम्भिक वयानबाट खुलेको हो ।
बाँसघारीमा विनोदले लुकाएर ल्याएको बियरको बोतलले कवितालाई पछाडिबाट हिर्काएर ढालेको बयान दिएका छन् । ढलिसकेपछि दुवै जनाले कवितालाई ४० मिटर पर दक्षिणतर्फ घिसार्दै लगेर यशोदा खोला किनारामा पुनः ढुं’गा’ले हि’र्का’एर म’रेपछि लुकाएको प्रहरीले जनाएको छ ।
सरिताले दुई हप्ताअघि नै कवितालाई मार्ने योजना बनाएको प्रहरी समक्ष दिएकी छन् । हत्या भएको दिन बिहान ४ बजेर ५ मिनेटमा सरिताले कवितालाई एसएमएस गरेर विद्यालयमा ट्युसनका लागि बोलाएकी थिइन् । तर, उनी विद्यालय नपुग्दै बाटोमा हत्या गरिएको थियो ।
सरिताका ठूलो बुवाका छोरा विनोद एक वर्षदेखि उनकै घरमा बस्दै आएका थिए । विनोदको घर भने भारतको सिक्किम हो । कविताले स्कुलमा आफूलाई होच्याउने गरेकाले मार्ने योजना बनाएको सरिताले बताएकी छन् । हत्याको विरोधमा मदन भण्डारी लोकमार्ग बुधबार बिहानैदेखि स्थानीय र विद्यार्थीले अवरुद्ध पारेका थिए । उनीहरूले हत्यारालाई सार्वजनिक गर्नुपर्ने माग राखेका थिए ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका निरीक्षक कमाण्डको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । मृतक किशोरीको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । घटना स्थलदेखि विद्यालय करिब सात सय मिटर र घर करिब दुई किलोमिटर पर रहेको स्थानीयले बताएका छन् ।