धादिङको थाक्रे गाउँपालिका-७ जुंगेखोलामा विहिवार यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
काठमाडौंबाट धादिङबेसीतर्फ आउँदै गरेको बा४ख ७४ नम्बरको ग्रामीण यातायातको बस सडकमा पल्टिएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । सामान्य घाइतेहरूलाई शिवदर्शन अस्पताल धार्केमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।
गम्भीर घाइते भएकालाई प्राथमिक उपचारपछि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको छ।