• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, जेठ १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २. नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • ७. आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ८. सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ९. आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

उदयपुर बालिका मृत्यु प्रकरण : साथीको ढुङ्गा प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धान


गाईघाट : उदयपुरको बेलका नगरपालिका–३ स्थित कोसी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत एक छात्राको ढुङ्गा प्रहारबाट हत्या भएको छ । साथीको ढुङ्गा प्रहारबाट ट्युसन पढ्न हिँडेकी कविता सुनुवारको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनको शव मङ्गलबार बिहान यशोदा खोलानजिकै भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवास बोहराले जानकारी दिए ।बेलका नगरपालिका–६ स्थित बुद्धचोक घर भएकी १६ वर्षीया कविताको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सरिता ढकाल खत्री र १९ वर्षका राजेन्द्र ढकाल छन् । सरिता र कविता कोसी जनता माविमा सँगै अध्ययनरत थिए ।सरितासँग केही दिनअघि भएको सामान्य विवादका कारण दुई जना मिलेर ढुङ्गाले हिर्र्काएर उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । स्कुल पुग्नुभन्दा करिब ७ सय मिटर पर हत्या भएको र घटनाबारे अनुसन्धान भइरहेको एसपी बोहराले बताए । विद्यालयका प्रधानाध्यापक सूर्यनारायण शाहले घटनाको अनुसन्धान र निष्पक्ष छानबिनको माग गरेका छन् ।

हत्या आशंकामा दुई जना पक्राउ
घरबाट ट्युसन पढ्न निस्किएकी किशोरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । कोशी जनता माद्यामिक विद्यालय रामपुरको कक्षा १० मा अध्ययनरत छात्रा १६ वर्षीया कविता सुनुवारको स्थानीय यसोदाखोलामा घरबाट विद्यालयमा हुने अतिरिक्त कक्षा पढ्न आउँदै गर्दा जबरजस्ती करणीपछि हत्या गरिएको आशंका गरिएको छ । साथीको हत्यापछि कोशी जनता माद्यामिक विद्यालय रामपुरका विद्यार्थी आन्दोलित बनेका छन् । उनीहरूले रामपुर बजारमा प्रदर्शन गरेका छन् ।

उदयपुरको बेलका नगरपालिका-६ बुद्धचोक घर भएकी किशोरीको मंललबार बिहान विद्यालयमा अतिरिक्त कक्षा पढ्न जाने क्रममा हत्या भएको थियो । बेलका नगरपालिका–३ यसोदाखोलामा मृत अवस्थामा फेला परेकी १६ वर्षीया कविता सुनुवारको हत्या आशंकामा सोही ठाउँ बस्दै आएका एक किशोरीसहित दुई जनालाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारतको सिक्किम राज्य बियुङ स्थायी घर भई बेलका नगरपालिका–३ स्थित जितबहादुर ढकाल (खत्री)को घरमा बस्दै आएका १९ वर्षीय विनोद ढकाल र जितबहादुरकै छोरी १७ वर्षीया सरिता ढकाल (खत्री) रहेको प्रहरीले जनाएको छ । घटना लगत्तै इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका निरीक्षक कमाण्डको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । टोलीले घटनास्थल सुरक्षित राखी कानुनी प्रक्रिया पुरा गरी लास पोस्टमार्टम गर्न बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवासचन्द्र बोहराले अनुसन्धानका क्रममा करणी गरी हत्या भएको जस्तो देखिए पनि अहिले नै यकिन गर्न नसकिने बताए । उनले अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीसँग समन्वय भई सकेकाले अनुसन्धानपछि मात्र घटनाको पहिचान गर्न सकिने बताए । कक्षा १० मा अध्ययनरत बालिका एसईईको तयारीका लागि ट्युसन पढ्न सधैँ बिहानै जाने गरेको परिवारका सदस्यले बताएका छन् । घटना स्थल विद्यालयदेखि करिब ७ सय मिटर र घरबाट करिब दुई किलोमिटर पर रहेको स्थानीयले बताए । मृतक बालिकाको टाउकोमा चोट लागेको देखिएकाले कुटपिट गरी हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

  • उदयपुर
  • प्रकरण
  • बालिका
  • मृत्यु
मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल
गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

लोकप्रिय

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

भर्खरै

  • १.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • २.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ३.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ६.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

  • ७.
    प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

  • ८.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.