एजेन्सी:जब श्रीमान र श्रीमतीबीच सम्बन्धको कुरा आउँछ त त्यहाँ एउटा डोरी हुन्छ जसले श्रीमान श्रीमतीको सम्बन्धलाई बाँधेर राख्छ।
तर दुबै जना मध्ये एउटाले पनि उल्लंघन गर्ने कोशिस गर्छन् भने कहिले काँही यसको नतिजा एकदम नराम्रो निस्कन सक्छ।यस्तै गरेकी छन् भारतको ग्वालियरमा बस्दै आएकी युवती सोनमले।
प्राप्त खबर अनुसार सोनमका पति कामको सिलसिलामा अहम्दावाद गएर बस्न थालेका थिए भने यता सोनमको शारिरीक सम्बन्ध तीन जना अरु नै युवकहरुसँग रहन गयो।
जब पति गवालियर फिर्ता आए यो सबै कुराको पर्दाफाँस भयो।फेरि पनि पति पत्निसँग बस्न तयार थिए, तर तीनै जना युवकहरुको पटक-पटक फोन आउन थालेपछि उनले अरु केही देख्न चाहेनन्।दुपट्टाले घाँटी घोटेर श्रीमतीको हत्या गरिदिए ।अहिले उनी श्रीमती हत्याको अभियोगमा प्रहरी हिरासतमा छन्।