• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, माघ २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

चितवनमा बर्डफ्लु वढ्दो : महानिर्देशकको टोली चितवनमा


जिल्लामा बर्डफ्लू बढेपछि पशु सेवा विभागका महानिर्देशक डा.रामनन्दन तिवारी सहितको विज्ञ टोली यहाँ आएको छ । बर्डफ्लू नियन्त्रण समितिको आज यहाँ सम्पन्न बैठकमा तिवारीले देशभरको बर्डफ्लूको अवस्थाबारे जानकारी दिँदै चितवन थप संवेदनशील बनेको बताए ।

हालसम्म देशभरका १३ जिल्लामा बर्डफ्लू देखिएको उनले जानकारी दिए । मोरङ, सुनसरी, उदयपुर, बारा, पर्सा, धनुषा, काठमाण्डौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, मकवानपुर र कास्कीमा बर्डफ्लू देखिएको हो । ती जिल्लामा ८८ हजार ८०० पक्षी मारिएको, ५१ हजार ७६३ अण्डा नष्ट गरिएको, ३० क्वीन्टल २१ किलो दाना र २० किलो मासु नष्ट गरिएको उनको भनाइ छ ।

सरकारले दिने राहत रकमको सरदर हिसाब गर्दा आजसम्म रु आठ करोडभन्दा बढी भएको भन्दै उनले विभागसँग रु एक करोड २१ लाख मात्रै बजेट रहेको बताए । यद्यपी प्रदेश र सङ्घका निकायहरूले राहात रकम उपलब्ध गराउने विश्वास दिलाउँदै यथासक्य छिटो पक्षी नष्ट गर्न निर्देशन दिए । यसका लागि व्यवसायी, प्रशासन र सरोकारवालाहरूको सहयोगको आवश्यक भएको उनको भनाइ थियो ।

बैठकमा पोल्ट्री महासङ्घका उपाध्यक्ष टिकाराम पोखरेलले कुखुरा बिक्री गर्नु पहिला परीक्षणका लागि आवश्यक किट उपलब्ध गराउन अनुरोध गरे । रोग फैलिँदै जाँदासमेत सरकारी तवरबाट काममा ढिलासुस्ती भएको भन्दै उहाँले तिब्ररूपमा पक्षी नष्ट गर्न र परीक्षण गर्न अनुरोध गरे ।

बैठकले बर्डफ्लू नियन्त्रण गर्न आवश्यक जनशक्ति तथा स्रोत साधन परिचालन गरी रोग अन्यत्र फैलिन नदिन सो क्षेत्रको ७ किलोमिटर भित्र रोगको निगरानी जारी राख्ने निर्णय गरेको छ । बर्डफ्लू नियन्त्रण नियमावली २०७८ को नियम ११ अनुसार नष्ट गरिएको पक्षी तथा पक्षीजन्य पदार्थ उत्पादन सामग्रीको हानिनोक्सानी भएको व्यक्तिलाई राहात दिन पशु सेवा विभाग र कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

जिल्लामा बर्डफ्लू बढेकाले नियन्त्रणका लागि थप जनशक्ति र साधन स्रोतका लागि पशु सेवा विभाग र प्रदेश निर्देशनालयमा अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ ।

चितवन जिल्लालाई बर्डफ्लू प्रभावित क्षेत्र वा प्राविधिक (इडिट) समितिले तोकेको निगरानी क्षेत्रबाट पक्षी तथा पक्षीजन्य पदार्थ वा उत्पादन सामग्री र रोग सार्न सक्ने अन्य वस्तुको ओसारपसारमा पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १५ बमोजिम प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बजारमा शङ्कास्पद रोगी पक्षीको प्रवेशमा रोक लगाउने प्रयोजनका लागि रोगको प्रारम्भिक यकीन गर्न रेपिड रेष्ट किट परीक्षण गर्ने निर्णय बैठकले गरेको छ ।

नेपालमा विसं २०६५ मा पहिलो पटक बर्डफ्लू देखापरेको हो । त्यसैगरी २०७० सालमा यो रोग भयावह भएको थियो । तत्कालिन समयमा भक्तपुर जिल्लाका सबै पक्षी मारिएका थिए ।

यस वर्ष माघ १४ गते पहिलो पटक मोरङमा रोग देखिएको हो । चितवनमा माघ २८ गते पहिलो पटक रोग पुष्टि भएको थियो । सरकारले बर्डफ्लू देखिएका ठाउँमा नष्ट गरिएका पक्षी र सामग्रीको राहात दिने गर्दछ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने मूल्य निर्धारण समितिको बैठकले तोकेको दररेटको ७५ प्रतिशत राहात रकम दिने मापदण्ड अन्तिम चरणमा पुगेको छ । रासस

  • चितवनमा
  • टोली
  • बर्डफ्लु वढ्दो
  • महानिर्देशक
शुक्रबार, चैत १८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.