वैशाखमा हुने स्थानीय तह चुनावमा म्यादी प्रहरी बन्न आवेदन दिएकाहरुको शारीरिक परीक्षण सुरु भएको छ ।
म्यादी प्रहरी भर्ना, छनौट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रम अनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता परीक्षा विधि अपनाइँदै छ ।
म्यादी प्रहरी बन्न २ लाख ९३ हजार २ सय १६ जनाले आवेदन दिएका थिए । त्यसरी आवेदन दिनेहरुको मंगलबार शारीरिक परीक्षण गरिएको छ । शारीरिक परीक्षणमा उत्तीर्ण भएकाहरुको थप परीक्षा लिएर २२ चैतमा अन्तिम नामावली प्रकाशित हुनेछ ।
उनीहरुलाई तालिम दिएर चुनावका लागि ४० दिन काम लगाइने छ ।