कोभिड-१९ विरुद्धको ४० लाख डोज साइनोभ्याक खोप नेपाल आइपुगेको छ ।
चीन सरकारको अनुदानमा गएको शनिबार र हिजो (सोमबार) गरी सो मात्रामा खोप नेपाल भित्रिएको हो ।
साइनोभ्याक्स खोप नेपालमा पहिलो पटक आएको हो ।
विश्व स्वास्थ्य संगठनले यो खोपलाई सन् २०२१ जुनमा आपत्कालीन प्रयोगका लागि अनुमति दिएको थियो ।
सरकारले साइनोभ्याक खोप १८ वर्षमाथिका नागरिकलाई दिने योजना बनाएको छ ।