चार वर्षीया बालिका अपहरण गरी १५ लाख माग्ने पाच जना जना पक्राउ परेका छन् ।, अपहरणकाे २४ घण्टामै बालिकाकाे उद्दार गर्न प्रहरी सक्षम भएको हो ।बालिका अपहरणमा परे लगत्तै तुरुन्तै प्रहरी अप्रेशन सुरु गरेको थियो ।
पक्राउ पर्नेमा कमला नगरपालिका- ८ का अभिषेक दास छन् । अन्य चार जनाको पहिचान प्रहरीले गोप्य राखेको छ । धनुषाका प्रहरी प्रमुख डिएसपी जितेन्द्र बस्नेतले अपहरणमा संलग्न दाससहित पाँच जना पक्राउ परेको पुष्टि गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका -१६ पुलचोकबाट बिहिवार ध्रुव मण्डलकी चार वर्षीया छोरी सृष्टि मण्डल बेपत्ता भएकी थिइन् । आफ्न्तले सो क्षेत्रमा खोजे पनि फेला नपरेपछि प्रहरीलाई जानकारी गराएको थियो ।
खोजतलास गर्ने क्रममा विदेह नगरपालिका ८ बफैयबाट बालिकाको उद्धार गरेको प्रहरीले जनाएको छ । प्रहरीले बालिका उद्धार गर्ने क्रममा पाँच राउण्ड हवार फायर समेत गरेको थियो ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जनाले आफ्ना आफ्न्तको घरमा बालिकालाई राखेका थिए । सो ठाउँबाटै ५ जना पक्राउ परेको र उनीहरु अपहरण गरी बालिकाका आफ्न्तसँग १५ लाख फिरौती समेत माग गरेको अनुसन्धानबाट खुलेको छ ।
उद्धार गरिएकी बालिकालाई स्वास्थ्य परीक्षण पश्चात प्रहरीले परिवारको जिम्मा लगाएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको र उनीहरुमाथि अपहरण तथा शरिर बन्धक मुद्दा चलाउने प्रहरीले जनाएको छ ।