×
शनिबार, जेठ ३१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

लोकप्रिय समाचार

  • १. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • २. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ४. मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ५. यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ६. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ७. आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ८. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ९. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • १०. चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

भारतमै बिजुलीको मूल्य अकासिएपछि,अव कुन स्थानबाट आउछ बिजुली ? मूल्य कति ?


काठमाडौं : विश्वव्यापी रुपमा कोइलाको आयात निर्यातमा आएको सङ्कट तथा व्यापक मूल्य वृद्धिको असर नेपालको ऊर्जा प्रणालीमा देखिएको छ । सुक्खामौसममा नेपालको नदी नालामा पानीको मात्रा कम हुने भएकाले बिजुलीको उत्पादन असाध्यै न्यून बिन्दुमा पुग्छ । सोही आधारमा नेपाल विद्युत् प्राधिकरणले कूल ४०० मेगावाट बराबरको बिजुली भारतबाट खरिद गर्दैआएको छ ।

 

द्विपक्षीय सम्झौताका आधारमा नेपालमा आयात भइरहेको बिजुली दिन असमर्थ रहेको भन्दै भारतले जनाएपछि प्राधिकरण दैनिक रुपमा हुने प्रतिस्पर्धी बजारबाट खरिद गर्ने अवस्थामा पुगेको हो । त्यसलाई ‘इनर्जी एक्सचेञ्ज मार्केट’ भनिन्छ । शेयर बजारमा जस्तै हरेक १५÷१५ मिनेटमा सो एक्सचेञ्जमा बिजुलीको भाउ निर्धारण हुन्छ । त्यस आधारमा २४ घण्टालाई ९६ ब्लकमा विभाजन गरिन्छ ।

भारतको सो एक्सचेञ्ज मार्केटमा प्रतियुनिट बिजुलीको भाउ २० भारतीय रुपैयाँसम्म पर्छ । यस आधारमा नेपालमा आयात हुने बिजुलीको मूल्य बजारमा रु ३२ पर्न जान्छ । त्यसमा प्रसारण शुल्क, प्रसारण प्रणालीमा नोक्सानी, एजेन्सी कमिशनलगायत गर्दा प्रतियुनिट रु ३८ सम्म पर्न गएको छ ।

भारतको झण्डै ६० प्रतिशत बढी ऊर्जा उत्पादन कोइलाबाट हुने गरेको छ । रुस र युक्रेनबीचको संघर्ष तथा अन्तर्राष्ट्रिय बजारमा कोइलामा भएको मूल्य वृद्धिका कारण भारतको ऊर्जा उत्पादनमा ठूलो असर परेको छ । भारतमा कोइलाबाट बिजुली उत्पादन गर्ने टाटा पावरले राजधानी नयाँ दिल्लीलगायत स्थानमा बिजुली कटौती हुन सक्ने चेतावनी दिएको छ ।

यी विभिन्न कारणले नेपालमा आयात भइरहेको बिजुली एक्कासी घट्दा सुक्खायाममा सङ्कट देखा परेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो तत्कालको समस्या हो । आगामी डेढ महिनापछि हाम्रै प्रणालीमा खेर जाने गरी बिजुली उपलब्ध हुन्छ ।”

कोइलाको मूल्य वृद्धि तथा बिजुलीको भाउमा भएको अस्वाभाविक परिवर्तनका कारण नेपाललाई तत्काल असर देखिएको उहाँले बताउनुभयो । बढी मूल्य तिरेर नै भए पनि उद्योगीलाई बिजुली उपलब्ध गराइने उहाँको भनाइ छ ।

“यो अल्पकालीन समस्या हो । दीर्घकालीन होइन । हामीले उद्योगी व्यवसायीलाई पनि सहयोगका लागि आग्रह गरेका छौँ । उहाँहरुले पनि सकारात्मक जवाफ दिनुभएको छ”, घिसिङले भन्नुभयो ।

भारतीय इनर्जी एक्सचेञ्जमा आएको बिजुलीको मूल्यको परिवर्तनका कारण कूल रु आठ अर्ब बराबरको थप व्ययभार पर्ने उहाँको भनाइ छ । नेपालले केही दिन अघिसम्म प्रतियुनिट आठ भारुमा बिजुली खरिद गरेको थियो । सामान्य अवस्थामा प्रतियुनिट दुई भारुमा बिजुली आयात भएको थियो ।

कुन स्थानबाट आउने बिजुलीको मूल्य कति ?

प्राधिकरणले बिहारबाट १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत प्रतियुनिट ६.१८ भारु र बिहारबाटै ३३ केभीको प्रसारण लाइनमार्फत प्रतियुनिट ६.६८ भारुमा बिजुली खरिद गरिरहेको थियो । उत्तराखण्डबाट ११ केभीको प्रसारण लाइनमार्फत ७.११ भारुमा बिजुली आयात गरिरहेको थियो । कूल ४०० केभी क्षमताको अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत प्रतियुनिट ४.६० पैसामा बिजुली आयात भइरहेको थियो ।

सो बिजुली भारतीय नोडल एजेन्सी एनभीभीएनमार्फत आयात गरेको हो । पीटीसी इण्डियामार्फत १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत प्रतियुनिट ४.१२ र इनर्जी एक्सचेञ्ज मार्केटबाट औसतमा प्रतियुनिट ७.१६ भारुमा बिजुली आयात भइरहेको थियो ।

नियमित रुपमा बिजुली उपलब्ध गराइरहेका एजेन्सीले बिजुली दिन नसक्ने बताएपछि इनर्जी एक्सचेञ्ज मात्रै बाँकी रहेको जानकारी दिँदै घिसिङले आकस्मिक रुपमा आइपरेको समस्याका आधारमा लोडसेडिङ भयो वा गरियो भनेर बुझ्न नहुने बताउनुभयो ।

आगामी २४ घण्टाका लागि औसतमा प्रतियुनिट २० भारुमा नै बोलकबोल प्रक्रियामा सहभागी भएको विवरण दिँदै घिसिङले अल्पकालीन रुपमा देखिएको समस्या समाधानका लागि सबैको सार्थक सहयोग आवश्यक रहेको बताउनुभयो ।

नेपालको कूल माग ३१ हजार मेगावाट प्रतिघण्टा रहेको छ । त्यसमध्ये १२ हजार मेगावाट प्रतिघण्टा भारतबाट आयात हुने गरेको थियो । आन्तरिक रुपमा प्राधिकरण र प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रमा ऊर्जा उत्पादन केन्द्रबाट आपूर्ति भइरहेको छ ।

नेपालका अधिकांश आयोजना नदी प्रवाही भएकाले सुक्खा मौसममा जडित क्षमता अनुसार विद्युत् उत्पादन हुँदैन । त्यसको असर प्रणालीमा परेको प्राधिकरणले जनाएको छ ।

उद्योगमा लोडसेडिङ भएको होइन

प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले बिजुलीको आयात एक्कासी रोकिदा केही समय उद्योग तथा औद्योगिक करिडोरमा आपूर्ति रोकिएको जानकारी दिनुभयो । उहाँले तत्काल समस्या परेपनि बिजुलीको खपत आन्तरिक रुपमा बढाउने लक्ष्यका साथ प्राधिकरण लागि परेको बताउनुभयो ।

पछिल्ला दिनमा उद्योगमा मात्रै ३०० मेगावाट बराबरको माग बढेको उहाँको भनाइ छ । यसलाई क्रमशः वृद्धि गर्दै जाने सोचका साथ आफूहरु लागि परेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “एक युनिट बिजुलीले अर्थतन्त्रमा गुणात्मक प्रभाव पार्छ । हाम्रो ध्येय आन्तरिक रुपमा बिजुली खपत बढाउने हो ।”

रासस

  • बिजुली
शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना
प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह
ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

लोकप्रिय

  • १.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ४.
    मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ५.
    यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ६.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

  • ३.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

  • ७.
    ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

  • ८.
    एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.