चितवन : बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा बिहीबार सम्म चार हजार १४६ जनाले आवेदन दिएका छन् । म्यादी प्रहरीका लागि आइतबारबाट आवेदन खुल्ला भएको थियो ।
चितवनका प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार हालसम्म तीन हजार ६ पुरुष र एक हजार सय १४० महिलाले आवेदन दिएका छन् । बिहीबार मात्रै आठ सय १२ पुरुष र दुई सय ८ महिला गरी एक हजार २० जनाले आवेदन दिएको उहाले वताउनुभयो ।
यसका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आगामी चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन्। भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनुपर्ने सूचनामा उल्लेख छ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो।
म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरु हुनेछ। चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरु हुनेछ। छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ।