• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

पल शाह किन जेलमा ?वुझ्नुभएको छैन भने यी प्रश्न उत्तर पढेर वुझ्न सक्नुहुनेछ

कलाकार पल शाहलाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन र उनका म्यानेजर कृष्ण जोशीलाई एक लाख धरौटी लिएर पुर्पक्षमा राख्ने यो कस्तो आदेश हो र कहिलेसम्मका लागि थुनामा पठाइएको हो भन्ने कुरा चाहिँ कन्फ्युज रहेको देखियो।

यो विषयलाई सजिलो ढंगमा बुझ्न केही प्रश्न र उत्तर :

१) पल शाहलाई जेल पठाइएको हो?
हो, तनहुँ जिल्ला अदालतको आदेशपछि उनलाई बिहीबार साँझ नै दमौलीको तनहुँ जिल्ला कारागारमा लगिसकिएको छ।

२) यसअघि चाहिँ उनी कहाँ थिए?
यसअघि पल शाहलाई जिल्ला प्रहरी कार्यालय तनहुँको थुनामा राखिएको थियो। यो जेल थिएन। यसलाई न्यायिक हिरासत भनिन्छ।

३) पल शाह अपराधी ठहर भइसकेको हो र ?
होइन। उनलाई कानुनी भाषामा पुर्पक्षका लागि थुनामा पठाइएको हो भनिन्छ। त्यो भनेको मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेल जेलमै बसेर मुद्दा लड्ने भनिएको हो।

४) अनि जेलमा त अपराधी मात्र बस्ने हैन र ?
होइन नि। जेलमा कैदी र बन्दी दुवै बस्छन्। कैदी भनेको अपराध ठहर भइसकेपछि सजाय काट्नका लागि बस्नेहरु हुन् भने बन्दी भनेका अपराध ठहर हुन बाँकी तर त्यतिन्जेल बन्दी भएर बस्नु पर्नेहरु हुन्।

५) पल शाहलाई कति वर्षको जेल सजाय भएको हो?
उनलाई लगाइएको अभियोग (नाबालिगलाई जबर्जस्ती करणी) पुष्टि भइसकेको छैन। पुष्टि भएको भए कम्तिमा १२ वर्षदेखि बढीमा १४ वर्षसम्म जेल सजाय हुने हो। अहिले मुद्दाको प्रक्रिया अघि बढिरहेको बेला जेलभित्रै राख्ने कि बाहिर बसेर पनि मुद्दा लड्न पाउने भन्ने विषयमा जेलभित्रै राख्ने आदेश भएको हो।

६) त्यसो भए कति समय उनी जेल बस्नु पर्ने?
निश्चित छैन। मुद्दाको अन्तिम टुङ्गो जहिले लाग्छ, तहिलेसम्म। अन्तिम टुङ्गो लाग्दा निर्दोष ठहरिए भने उनी बाहिर आउन सक्छन्। दोषी ठहरिए भने अहिले बसेको समयसमेत जोडेर कूल तोकिएको जेल सजायमा जोडिन्छ।

७) जेलबाट बाहिरिने कुनै उपाय छैन अब?
अब पल शाहले जिल्ला अदालतको यो आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दिन पाउने छन्। उच्च अदालतले जिल्लाको आदेश उल्ट्यायो भने धरौटीमा राखेर मुद्दा लड्ने सुविधा दिनसक्छ। तर सामान्यतया यस्तो मुद्दामा त्यस्तो सम्भावना कमै हुन्छ। उच्च अदालतले पनि जिल्लाकै आदेशलाई निरन्तरता दियो भने उनी सर्वोच्च अदालत जान सक्छन्। सर्वोच्चले पनि उच्चको आदेशलाई निरन्तरता दियो भने पलसित अरु उपाय बाँकी हुने छैन। उनले जेलमै बसेर मुद्दा लड्नु पर्ने हुन्छ।

८) पललाई जेलमै राख्नु परेको किन?
न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले जेलमा राखेर मुद्दा लड्नु पर्ने आदेश दिनका लागि विभिन्न आधार टेकेको छ। प्रमुख आधार हो- हालसम्मका प्राप्त प्रमाणले उनी निर्दोष हुन सक्ने आधार देखिएन। यो नाबालिगलाई ललाई फकाई एक वयस्कले जबर्जस्ती करणी गरेको संवेदनशील मुद्दा पनि हो। त्यसमा यी कुरालाई पनि अदालतले आधार बनाएको छ-

-बलात्कार गरेको कुरा इन्कार गरे पनि पल शाहले राति पौने १२ बजेतिर बियर लिएर पीडितको कोठामा ढोका खोली पसेको हो भनेर स्वीकार गरेको
-त्यसरी नाबालिग किशोरी सुतेको कोठामा किन गएको भन्ने कुरा प्रष्ट पार्न नसकेको
-सरोज वली, योगेश शाह, दुर्गेश थापा र दुर्गा अधिकारीको बयान
-ब्वाइफ्रेन्ड गर्लफ्रेन्डबीच सम्बन्ध हुनु नर्मल हो, प्रेगनेन्ट भएको खन्डमा मात्र स्वीकार गर्ने कुरा आउँछ भन्ने अडियो रेकर्ड

९) अब के हुन्छ?
अब तारिख र पेशी तोक्दै अदालतमा मुद्दाको प्रक्रिया अघि बढ्छ। साक्षीहरुको अदालतमा बकपत्र गराइन्छ। पक्ष र विपक्षको बहस हुन्छ र अन्त्यमा न्यायाधीशले फैसला सुनाउँछन्। जिल्लाको फैसला चित्त नबुझे उच्चमा, त्यहाँको पनि चित्त नबुझे सर्वोच्चमा पुनरावेदन गर्न पाइन्छ।

  • पल शाह किन जेलमा?
बिहिबार, चैत १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
आज अन्तरराष्ट्रिय योग दिवस
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.