चितवन : गैंडाको आक्रमणबाट बच्न पोखरीमा हामफालेका एक नेपाली सैनिकको मृत्यु भएको छ । दलदलको पोखरी भएका कारण सो दलदलमा फसेर जवानको मृत्यु भएको हो । मृत्यु हुनेमा नेपाली सैनिक जवान पवन कटुवाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खोटाङ गाउँपालिका वडा नं ४ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवालको मृत्यु भएको हो ।
निकुञ्जभित्र गस्ती जाने क्रममा गैँडाले आक्रमण गर्न खोज्दा उनी दलदलमा हाम फालेका थिए । घटना २ गते बुधबार साँझ ७ः४५ बजेको हो ।