• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

लोकप्रिय समाचार

  • १. नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २. जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ३. रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ४. आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६. आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लागुऔषध खोज्दै अदालत छिरेपछि एक अभियुक्त

पोखरा : बैदामस्थित कास्की जिल्ला अदालत ठीक अगाडि वडा प्रहरी कार्यालय छ । वडा प्रहरी कार्यालय गेटबाट निस्किए अदालत पुग्न सकिने अवस्था छ । त्यसमाथि अदालत चौबिसै घन्टा सुरक्षाकर्मीले घेरिएको हुन्छ ।

चारैतिर तारबारले ‘सुरक्षित’ बनाइएको त्यही जिल्ला अदालतमा मंगलबार राति एक युवक छिर्छन्, ढोका तोडफोड गरेर ६ नम्बर इजलासको दराजका सामानसमेत लथालिग बनाएर छाड्छन् । यसबारे न अदालतका सुरक्षाकर्मीले पत्तो पाउँछन् न त सामुने रहेको प्रहरी कार्यालयले नै।

बुधबार बिहान करिब ९ बजेको आसपासमा कार्यालय सफा गर्ने एकजना महिला कर्मचारीले अदालतको ढोका फोडिएको र सामान यत्रतत्र फिँजारिएको अदालतलाई जानकारी दिएपछि मात्रै यो कुरा बाहिर आउँछ । त्यसपछि मात्रै प्रहरीले घटनाको छानविन अगाडि बढाउँछ ।

अनुसन्धानपछि मात्रै खुल्छ, २ तलामाथि रहेको १ र ६ नम्बर इजलासको ढोका फोडेर ‘चोर’ले दराज उघारेको छ । तर, त्यहाँ राखिएका मिसिललगायतका कागजात हराएको वा होइन भन्ने पत्ता लगाउनै अदालतलाई हम्मेहम्मे पर्छ ।
लामो समय लगाएर कागजात नियालेपछि चोरी नभएको थाहा लाग्छ । उसो भने कसरी र किन अदालतको ढोका फोडियो त ?

कारण भने रोचक छ – कागजात र मिसिल होइन लागुऔषध खोज्न अदालतको ढोका फोडिएको रहेछ । तोडफोड भएको ६ नम्बर इजलास फाँटमा ३ सय ५३ मुद्दाहरु थिए ।

जिल्ला प्रहरी कास्कीले बुधबार आरोपित २७ वर्षीय दावा भनिने अर्जुन परियारलाई पक्रेको छ । साधारण लेखपढमात्रै गरेका उनकै बयानका आधारमा प्रहरी लागुऔषध खोज्दै उनी त्यहाँसम्म गएको निष्कर्षमा पुगेको छ । पोखरा १५, टुटुंगाका परियारलाई प्रहरीले बिहीबार पत्रकारसम्मेलन गरेर सार्वजनिक गरेको छ ।

भएको के थियो ?

पक्राउ परेका परियार ०७३ सालदेखि लागुऔषधसँग सम्बन्धित मुद्दामा पटकपटक पक्राउ पर्दै आएका छन् । पछिल्लो पटक उनी फागुन २३ गतेमात्रै वडा प्रहरी कार्यालय बैदामबाट थुनामुक्त भएका थिए । त्यसअघि उनी ८ पटक लागुऔषध, अभद्र व्यवहारलगायतका मुद्दामा पक्राउ परिसकेका थिए ।

पटक पटक बैदाम प्रहरी र जिल्ला अदालत धाउने क्रममा परियारले अदालत परिसरमा लागुऔषध ‘डिस्पोज’ गर्ने ठाउँ राम्रोसँग नियाल्दै आएका थिए । अदालतमा लागुऔषध कसरी लगिन्छ, कहाँ राखिन्छ, कहाँ कसरी डिस्पोज गरिन्छ सबै नजिकबाट अध्ययन गरेका थिए ।

अदालतको दक्षिणी भागमा लागुऔषध नष्ट गर्ने काम गरिन्छ । मंगलबार राति पनि अदालतको पछाडिपट्टि लागु औषध नष्ट गरिने ठाउँमा उनी पुगे । उनले त्यहाँ लागुऔषध नष्ट गर्ने क्रममा केही न केही छुटेको हुन सक्ने अनुमान गरेका थिए ।
‘त्यहाँ मैंले ३ वटा लागुऔषध भेट्टाएँ । त्यसपछि भित्र पनि पाइन्छ कि भनेर छिरेको हुँ,’ बयानका क्रममा परियारले भनेका छन् ।

अदालतको ढोका र सिसा फोड्न उनले फलामे छड प्रयोग गरेका थिए । १ सय १० इन्च लामो छड घटनास्थलमै भेटिएको थियो । ‘भर्‍याङ नजिकै भुइँमा गाडिएको अवस्थामा फलामको छड रहेछ । त्यसैलाई उप्काएर उनले ढोका फोड्न प्रयोग गरेको देखिएको छ,’ जिल्ला प्रहरी कार्यालय कास्की एसपी प्रमुख रमेश थापाले भने ।

परियारले बयानका क्रममा आफूलाई लेखपढ् गर्न नआउने भन्दै पैसा र लागुऔषध चोर्ने अभिप्रायले मात्रै अदालत छिरेको बयान दिएका छन् । ‘हामी अदालतसम्म निरन्तर सम्पर्कमै छौं । कागजपत्र हराएको जानकारी छैन,’ एसपी थापाले भने, ‘अहिलेसम्मको हाम्रो अनुसन्धान र प्रमाणले उनी विशुद्ध पैसा र लागुऔषध खोज्ने नियतले नै त्यहाँ पुगेको देखाउँछ ।’

आरोपित परियारलाई प्रहरीले जिल्ला अदालतमा अनाधिकृत प्रवेश तथा अपराधिक उपद्रवसम्बन्धी र नकबजनी चोरी उद्योगमा अनुसन्धान अघि बढाएको छ । ‘अदालतमा प्रवेश गरेर चोरी गरेको नपाइए पनि सोही उद्योग आकर्षित हुने भएकाले अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएका हौं,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले भने ।

पटक पटक पक्राउ र मुद्दा

परियार यसपघि पहिलो पटक ६ जेठ ०७६ मा जिल्ला प्रहरी कार्यालयबाट अभद्र व्यवहार मुद्दामा पक्राउ परेका थिए । त्यसपछि सोही वर्षकै १५ भदौमा वडा प्रहरी रामबजारमा अभद्र व्यवहार मुद्दामा, ३० असोजमा जिल्ला प्रहरी कार्यालयबाट चोरी मुद्दाम सजाय भोगिसकेका छन् ।

२१ कात्तिक ०७४ मा जिल्ला प्रहरी कार्यालयबाटै लागुऔषध मुद्दा, १७ फागुनमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा अभद्र व्यवहार मुद्दा, २५ असार ०७५ मा कास्की प्रहरीबाटै पुनः लागुऔषध मुद्दा खेपिसकेका प्रहरी तथ्यांक छ ।

त्यस्तै, २ पुस ०७६ मा वैदाम वडा प्रही कार्यालयमा अभद्र व्यवहार, १ चैतमा पुनः बैदामबाटै लागुऔषध कसुरमा पक्राउ परेर २ वर्षपछि २१ फागुनमा थुनामुक्त भएका थिए । ‘हेर्दा यस्तो बच्चा कुलतमा फसेकोमात्रै देखिन्छ । तर, उसको बसाइँ घरमा र कस्टडीमा बराबर देखिन्छ,’ डीएसपी तिवारीले भने ।

अदालतमै कमजोर सुरक्षा !

प्रहरी कार्यालय नजिकै रहेको जिल्ला अदालतमा सुइँको समेत नदिएर लागुऔषध दुर्व्सनीले सहज रुपमा तोडफोड गरेपछि अहिले यो विषय चर्चामा छ । नजिकै जिल्ला प्रशासन कार्यालय र चौबिसै घन्टा सुरक्षा घेराउमा रहने अदालतमा चोरी प्रयास भएपछि जिल्ला अदालत कास्कीको सुरक्षा व्यवस्था कति कमजोर छ भन्ने देखाउँछ ।

सुरक्षा कार्यालय नजिकै रहेको अदालतमा तोडफोडसहित चोरी प्रयास हुनुले सुरक्षा व्यवस्था कमजोर रहेको जिल्ला प्रहरी कार्यालय कास्की स्वीकार्छ । यस विषयमा आफूहरुले पनि अदालतलाई पटकपटक जानकारी गराइसकेको एसपी रमेश थापाले जानकारी दिए ।

‘यो गम्भीर विषय हो । त्यहाँ हामीले सुरक्षा व्यवस्था पनि खटाएका छौं । तर, वरिवरि जुन तारबार घेरिएको फेज छ, त्यहाँ जताबाट पनि छिर्न सक्ने अवस्था रहेछ । स्थलगत नै हे¥यौं,’ एसपी थापाले भने, ‘यस विषयमा सुधार गर्न विगतमा पनि निवेदन गरेका थियौं । अहिले पनि भनेका छौं । अब यस्ता घटना हुन नदिन हाम्रो प्रयत्न रहन्छ ।’

onlinekhabar

  • अदालत
  • एक अभियुक्त
  • खोज्दै
  • लागुऔषध
बिहिबार, चैत १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी
नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

लोकप्रिय

  • १.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ३.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ४.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • २.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • ५.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ६.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • ८.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.