• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, मङि्सर २१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

अस्वस्थ खानपानले हृदयघातका बिरामी बढ्दै


काठमाडौं : मानिसको जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयघातका बिरामी बढिरहेका छन् । अस्वस्थ खानपान र जीवनशैलीमा आएको परिवर्तन रोगका कारक मानिएका छन् । १० वर्षको तथ्यांक हेर्ने हो भने हृदयघात हुनेको सङ्ख्यामा दोब्बर वृद्धि भएको छ ।

निष्क्रिय जीवनशैली, चिन्ता, युवावस्थामा नै चुरोट, सुर्ती तथा खैनी सेवन र चिल्लो–बोसो खानाले हृदयघातका बिरामी बढिरहेको शहीद गंगालाल हृदय राष्ट्रिय केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले बताए । घरभन्दा बाहिरको अस्वस्थ खानपान गर्नाले पनि हृदयघातका बिरामी बढिरहेको चिकित्सकले बताएका छन् ।

केन्द्रमा सन् २०१२ मा ४९५ जनामा हृदयघात भएकोमा ६ वर्षपछि २०१८ मा तीन गुणा बढेर एक हजार ४६० जना पीडित भएका थिए । उनका अनुसार २०२० मा एक हजार ६९८ र सन् २०२१ मा दुई हजार २७३ जना यो रोगका कारण अस्पतालमा भर्ना भएका छन् ।

डा. अधिकारीले सन् २०२१ मा अस्पताल भर्ना भएका बिरामीमध्ये प्रायः हृदयघात भएका हुन् । हृदयघातका बिरामी बढेपनि सन् २०२० मा कोरोना भाइरसका कारणले अस्पतालमा मुटु रोगका कम बिरामी आएका थिए । ‘विगत १० वर्षको तथ्यांक हेर्ने हो भने मुटु रोगका बिरामीमध्ये ५० प्रतिशत त हृदयघात भएका बिरामी मात्र नै छन्,’ उनले भने, ‘नेपालमा हृदयाघातका बिरामी दिनप्रतिदिन बढिरहेको गङ्गालालमा आएका बिरामीबाट नै थाहा हुन्छ ।’

उनका अनुसार अस्पतालमा दैनिक चार जना हृदयघातका बिरामी आउने गरेका छन् । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला पनि अस्वस्थ खानपान, तनाव, बाहिरी प्रदूषण र वंशाणुगत कारणले गर्दा मुटुको नली चाँडै बन्द भएर हृदयघात हुने गरेको बताउँछन् । ‘धूमपान, मधुमेह र उच्च रक्तचाप भएका मानिसको मुटुको नली र अन्य नली बाक्लो हुँदै हृदयघातले आक्रमण गर्छ । यस्तै कोलेस्टेरोल (मुटुमा हुने बोसो), शारीरिक अभ्यासको कमी पेट बढ्ने, पसिना ननिकाल्ने, तनाव, बाहिरी प्रदूषण र वंशाणुगत कारणले गर्दा मुटुको नली चाँडै बन्द हुने गर्छ,’ उनले भने, ‘स्वस्थ जीवनशैली अपनाउने, खाना धेरै नखाने, स्वच्छ खाने, शारीरिक अभ्यास गर्ने, चुरोट नखाने, नियमित व्यायाम गर्न सके हृदयघातबाट बच्न सकिन्छ ।’

उनका अनुसार मुटु जन्मजात बिग्रेर आउने, बिग्रेर आउनेबाट बचेको, घाँटीको दुख्ने रोगबाट शुरु भई पछि मुटुको भल्ब बिग्रने रोगका कारण मुटुका बिरामी हुने गरेका छन् ।

चुरोट सेवन गर्ने, मधुमेह, कोलेस्टेरोल र उच्च रक्तचाप भएका मानिसमा हृदयघात बढी हुन्छ । तीमध्ये चुरोट पिउने मानिसमा हृदयघात हुने सम्भावना बढी हुने गरेको निर्देशक डा. अधिकारी बताउँछन् । युवाहरुमा चुरोट सेवन गर्ने क्रम बढेको पाइन्छ । हृदयघात भएकामध्ये ६५ प्रतिशत चुरोट सेवन गर्नेहरू हुन्छन् । तीमध्ये ४० वर्ष उमेर समूहका व्यक्ति धेरै रहेको उनको भनाइ छ ।

डा. कोइराला पनि हृदयघात ६० वर्षमाथिकामा हुने गरेपनि चुरोट खाने व्यक्तिमा भने ४० वर्षमुनि पनि हुने गरेको बताउँछन् । ‘चुरोट सेवन गर्नाले युवावस्थामा नै हृदयघात हुने सङ्ख्या अत्यधिक बढदै गएको छ,’ उनले भने । ४० वर्षभन्दा कम उमेरको व्यक्तिले चुरोट सेवन गर्छ भने उसलाई हृदयघात हुने सम्भावना नखानेको तुलनामा आठ गुणाले बढी हुने डा. अधिकारीको भनाइ छ ।

 

  • अस्वस्थ
  • खानपान
  • बिरामी बढ्दै
  • हृदयघात
मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

भर्खरै

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ३.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ४.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ५.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ६.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ७.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ८.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.