लेटाङ नगरपालिकाका विभिन्न क्षेत्रमा सोमबार बिहानदेखि लगाइएको कर्फ्यू मंगलबार पनि जारी रहेको छ।
लेटाङ–५ मा आइतबार साँझमा भएको दोहोरो भिडन्तमा परी महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। स्थानीय र प्रहरीबीच भएको भीडन्तपछि दंगा फैलन सक्ने आशंकामा मोरङ प्रशासनले सोमबार बिहानदेखि कर्फ्यू आदेश जारी गरेको हो।
सोमबारको कर्फ्यू उल्लंघन गरेका १२ जनालाई पक्राउ गरी साँझमा छाडिएको र मंगलबार पनि ४ जनालाई पक्राउ गरिएको छ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता शरदकुमार पोखरेलका अनुसार सोमबारदेखि लगाइएको कर्फ्यू मंगलबार पनि जारी रहेको छ। उनले कर्फ्यूपछि अवस्था सामान्य रहेको र सुरक्षा समितिको बैठक बसेर कसरी सहजीकरण गर्दै कर्फ्यूको समय घटाउने निर्णय हुनेछ।
‘यौन दुर्व्यवहार आरोप लागेका शिक्षक मनोज पौडेललाई जबरजस्ती करणी उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएका छौं,’ मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले भने, ‘लेटाङमा सोमबारको कर्फ्यू उल्लंघन गरेका १२ जनालाई पक्राउ गरी साँझमा छाडिएको र मंगलबार पनि ४ जनालाई पक्राउ गरिएको छ।
उनीहरुलाई साँझमा छाड्ने छौं।’ आइतबार लेटाङमा भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ।