• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, साउन १५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

चितवनमा राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चैत ९ देखि , विश्वमै दोस्रो र एसियामा पहिलो अभ्यास

चितवन : कृषि यान्त्रिकरणमा वृद्धि , व्यवसायिक कृषि विकास र समृद्धि नारा सहित चितवनमा सलोन पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७८ हुने भएको छ । एसियामै पहिलो पटक मेसिन किन्न किसानलाई कर्जाको सुविधा सहित चितवनमा प्रदर्शनी सो हुने भएको हो ।

नेपाल कृषि मेशिनरी व्यवासयी संघ, नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रबद्र्धन केन्द्र, नेपाल सरकार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयुक्त आयोजनामा  चैत ९ देखि १२ सम्म चितवन एक्स्पो सेन्टर भरतपुरमा सो प्रदर्शनी हुने भएको छ ।

आयोजक संस्थाले पत्रकार सम्मेलनगरी प्रदर्शनीको तयारी पूरा भएको जानकारी दिएको छ । अध्यक्ष खोजराज कटवालले देश विदेशमा विकास भएका कृषि सम्बन्धी आधुनिक मेशिनरी प्रत्यक्ष हेर्न र पूरै जानकारी लिन सकिने बताउनुभयो ।

मेशिनरी प्रदर्शनीसँगै सोही स्थलमा कृषि कर्जा मेला समेत हुने कार्यसमिति सदस्य सुनिता नमाफुकीले बताउनुभयो । सोही कर्जा मेलामा किसानले ऋण पाउने उहाँको भनाई छ । कर्जा मेलामा किसानले आफ्नो फर्म दर्ता प्रमाणपत्र, नागरिकता, फोटो र प्यान नम्वर सहित उपस्थित भएर प्रदर्शनीमा रहेका मेशिन खरिद गर्न सकिने सुविधा दिन लागिएको हो । यो विश्वमै दोस्रो र एसियामा पहिलो अभ्यासको सुरुवात गरिएको उहाँको भनाई छ ।

प्रदर्शनी स्थलमा करिव २४ वटा वैँकको स्टल रहने र १२ बैँकका सीइओनै उपस्थिती भएर राष्ट्रिय अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिने उहाँको भनाई छ । जसको उद्घाटन गर्भनर महाप्रसाद अधिकारीले गर्ने नेमाफुकीले बताउनुभयो ।

संघका महासचिव कृष्ण शर्माले प्रदर्शनीस्थलमै निशुल्क माटो परीक्षणको सुविधा समेत उपलब्ध रहेको भन्दै प्रवेश निःशुल्क गरिएको जानकारी दिनुभयो । प्रदर्शनीमा नेपालमै उत्पादन भएका मेशिनहरुको छुट्टै स्टल अर्थात नेपाली पेभेलियन राखिने छ । शर्माका अनुसार यो वाहेक २० भन्दा बढी मुलुकमा उत्पादित २ हजार बढी प्रकारका उपकरण तथा प्रविधिहरु प्रत्यक्ष हेर्न र बुझ्न सकिनेछ । कागजात मिलाउन सके बैँकहरुको परामर्शमै सोही समय ती मेशिन खरिद गर्न सकिनेछ । ७० जिल्लाका करिव १ लाख बढी दर्शकले अवलोकन गर्ने र ५२ वटा प्रदर्शनीकर्ता रहनेछन् । करिव २० करोड भन्दा माथि कारोवार गर्ने अपेक्षा लिएको प्रदर्शनीमा साना देखि ठूला किसानहरुलाई लक्षित सवै प्रकारका उपकरण उपलब्ध हुने आयोजकको भनाई छ ।

उपाध्यक्ष उमेश नारायण मानन्धरले स्वागत गर्नुभएको कार्यक्रम अध्यक्ष खोजराज कटुवालको अध्यक्षतामा सम्पन्न भएको थियो । पत्रकार सम्मेलनमा आयोजक, विशेष सहयोगी, मुख्य प्रायोजक, प्रायोजक, सह–प्रायोजक, सहयोगी संस्थाहरुका प्रतिनिधिहरु प्रदर्शनीको सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।

प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती व्यवसायीक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धी आधुनिक यन्त्र उपकरण तथा प्रविधिका सामग्री बीउ विजन, आधुनिक सिचाई लगाएतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीहरुको सहभागिता रहनेछ ।

शलोम एग्रीकल्चर प्रा.लि. मुख्य प्रायोजक, मुक्तिनाथ कृषि कम्पनी लि., मुक्तिनाथ विकास बैंक प्रायोजक, नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना आयोजना व्यवस्थापन इकार्ड, नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, नेपाल लाईभस्टक सेक्टर इन्नोभेसन विषेस सहयोगीको भूमिकामा रहेका छन् ।

प्रदर्शनीको लक्षित वर्गहरुमा कृषक, कृषिकर्मी, नीति निर्माता, उद्यमी, व्यवसायी, सरकारी एवं गैह्र सरकारी संस्थाहरु, कृषक समूह, कृषि सहकारी संस्था, विश्व विद्यालय तथा सोधकर्ताहरु, वैज्ञानिक शिक्षक, विद्यार्थीहरु रहेको आयोजकले जनाएको छ ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघ नेपालको विभिन्न क्षेत्रमा कृषि सम्बन्धि व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई समेटी नेपालको कृषि यान्त्रिकरणमा टेवा पुर्याउने उद्देश्यले वि स २०७१ सालमा स्थापना भएको कृषि व्यवसायीहरुको छाता संघ हो । यस संघले कृषकलाई आधुनिक कृषि तथा प्रविधिहरुको बारेमा जानकारी गराउने उद्देश्यले नेपाल सरकारको आयोजनामा पहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७० चितवन, दोस्रो राष्ट्रिय कृषि २०७२ कोहलपुर, बाँके, नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो २०१७ भृकुटिमण्डप, तेश्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७४ धरान र चौथो राष्ट्रिय कृषि मन्त्रीकरण प्रदर्शनी २०७६ चितवनमा सफलता पूर्वक सम्पन्न गरिसकेको छ ।

  • कृषि यान्त्रीकरण
  • प्रदर्शनी
  • राष्ट्रिय
मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.