• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

यस्तो छ आजको मौसम

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ४. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • ७. यस्तो छ आजको मौसम

सुरक्षा दिन जादा आफै मृत्युको मुखमा एक महिला प्रहरी , घाँटीमा छुरा प्रहार गरि हत्या

विराटनगर : आफ्नै छात्रामाथि बलात्कार प्रयास गरेका शिक्षकलाई पक्राउ गर्न ढिलो हुँदा मोरङको लेटाङमा आइतबार भएको झडपमा एक प्रहरीको मृत्यु भएको छ ।

आक्रोशित स्थानीयको भीडबाट प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको प्रहरीले जनाएको छ।

छुरा प्रहार गरिएकी उर्मिलाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको मोरङ प्रहरी प्रमुख जनार्दन जीसीले जानकारी दिए। ‘उहाँको घाँटीमै छुरा प्रहार भएपछि गम्भीर हुनुभएको थियो। अस्पताल लैजाँदै गर्दा उहाँको मृत्यु हुन पुग्यो। यसबारे हामी अनुसन्धान गर्दैछौं,’ उनले भने। मृतकको शव अहिले काेशी अस्पतालमा राखिएको छ ।

लेटाङ-५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रबार यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएसँगै दिउसो १ बजेतिर आक्रोशित गाँउलेले विद्यालय घेरेका थिए।

लेटाङ नगरपालिकाका प्रमुख शंकर राईका अनुसार घटनापछि शिक्षक विद्यालयमै रहेको सूचनापछि आक्रोशित स्थानीयले घेराउ गरेका थिए ।

उग्र भएको भीड नियन्त्रणका लागि सुरक्षाकर्मीको सानो संख्या केहि ढिलो गरि पुगेको थियो । आक्रोशित भीडले आरोपी शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको स्थानीयले बताएका छन ।

विद्यालय तनावग्रस्त बनेपछि विराटनगरबाट प्रहरीको थप टोली सुरक्षाका लागि त्यहाँ पुगेको थियो। स्थानीय जनप्रतिनिधि पनि विद्यालय प्रवेश गरेको समयमा आक्रोशित भीडले विद्यालयमा आगजनी गरेको थियो ।

विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई प्रहरीले बेलुका निकाल्ने क्रममा आक्रोशित भीडले फेरि आक्रमण गरेको थियो । सो क्रममा मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जीसीसहित केहि प्रहरी र केहि प्रदर्शनकारी घाइते भएका छन ।

घटनामा घाइते एक महिला प्रहरीको अवस्था गम्भीर रहेको सुरक्षा स्रोतले जनाएको छ । स्थानीयका अनुसार ती महिला प्रहरीको घाँटीमा छुरा प्रहार भएको छ।

प्रहरी स्रोतका अनुसार चैत ४ अर्थात तराईको होलीका दिन ती शिक्षक छात्राको घरमा पुगेका थिए । घरमा पुग्ने बित्तिकै उनले विद्यार्थीसँग पानी मागेका थिए । पानी ल्याएर दिने क्रममा ती शिक्षकले आफुलाई दुव्र्यवहार गरेको छात्राले बताएकी छन् ।

‘गएको तिहारदेखि यता उहाँ पटक–पटक हाम्रो घरमा आउने, मसँग पानी माग्ने र दुव्र्यवहार गर्ने गर्नुहुन्थ्यो,’ छात्राको भनाइ उधृत गर्दै लेटाङ ५ का वडाध्यक्ष भिम सुर्य मगरले भने ‘ती नानाीले यसो भनेपछि हामीले प्रहरी बोलाएका हौं । प्रहरीले लगेर छानबिन गरोस् भन्ने थियो । तर, स्थानीयबासी र विद्यार्थीलाई प्रहरीले आरोपित बचाउन लगेको भन्ने सोच्नुभयो । फलतः झडपको अवस्था आयो ।’

प्रदर्शनकारीहरुले प्रदर्शनका क्रममा आरोपित शिक्षको मोटरसाइकल जलाइ दिएका छन् । आरोपी प्रहरी नियन्त्रणमा छन। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले घाइतेहरु अस्पताल पुगेपछि अवस्थाबारे जानकारी हुने बताए ।

स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले केहि राउण्ड हवाई फायर गरेको थियो। घटनाबारे प्रहरीले बिस्तृत जानकारी दिएको छैन।

  • घाँटीमा
  • छुरा प्रहार
  • महिला प्रहरी
सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत
रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक
टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि
यस्तो छ आजको मौसम
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ४.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६.

  • ७.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • ८.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.