वीरगञ्ज : बारामा मोटरसाइलले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।
नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट जीतपुर सिमरा उपमहानगरपालिका-१८ माथिल्लो बडहर्वाका ४ बर्षीय रियान थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । पिलुवा–कलैया सडकखण्डको मोतीचोक नजिकै बिहान ८ बजेतिर उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते बालकलाई उपचारका लागि न्यूरो अस्पताल वीरगञ्ज ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।