काठमाडौं : भक्तपुरमा एक जना महिलामाथि ‘तेजाब’ प्रहार भएको छ ।
जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रमुख एसपी शिवकुमार श्रेष्ठका अनुसार सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो ।
रसायन प्रहार गरेको अभियोेगका उनका श्रीमान् श्याम गुभाजु पक्राउ परेको श्रेष्ठले बताए । रसायन के हो भन्ने परीक्षणपछि मात्रै खुल्ने एसपीले बताए ।
घाइतेलाई छुरा समेत प्रहार भएको प्रहरीले जनाएको छ।
गम्भिर रसायनका कारण घाइते महिलालाई कीर्तिपुर अस्पतालमा पठाइएको छ । इमर्जेन्सीमा उपचार भइरहेको अस्पतालले जनाएको छ।