चितवन : चितवनमा बाघको आक्रमणमा परि एकजनाको मृत्यु भएको छ । बाघले आक्रमण गर्दा भरतपुर महानगरपालिका वडा नम्बर ६ निवासी ६० बर्षिया चिजा सार्कीको मृत्यु भएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत बेलसर मध्यवर्ती सामुदायिक वनमा विहिवार दिउसो घास काट्न जाँदा उनलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनीसँगै गएका दुईजना भने सकुसल रहेका छन् ।
चिजासँग गएका भरतपुर १३ निवासी सिता दराई र हेमराज सापकोटा सकुशल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।