काठमाडौं : सगरमाथा आधार शिविर जाने पदयात्रा मार्गमा सबैभन्दा चलेको कोङ्दे पिक होटलमा भीषण आगलागी भएको छ ।
आगलागीबाट होटल पूर्ण रुपमा क्षतिग्रस्त भएको होटल सञ्चालक लाक्पा नुरु शेर्पाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगलागीबाट ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीले होटल पूर्ण रुपमा खरानी भएको छ । तल्लो भागमा समेत भग्नावशेष बाँकी छैन ।
यो होटल सोलुखुम्बुको फाकदिङ जम्फुटेमा अवस्थित छ । अफसिजनका कारण आगलागीको समयमा होटलमा पाहुना भने थिएनन् । तर सिजनमा यहाँ टनाटन पाहुने हुने गर्दथे ।