कपिलवस्तु : कपिलवस्तुको वाणगंगा नगरपालिका-१० सोनपुर बस्ने एकल महिलाको ज्यान लिएको अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मृतकको देवर पर्ने सोही स्थान बस्ने ४० वर्षीय शम्भु लोनिया रहेका छन् । बाणगंगा नगरपालिका १० सोनपुरकी एकल महिला यशोधा लोनियाको ज्यान लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले देवरलाई पक्राउ गरेपछि घटना सार्वजनिक भएको हो ।
प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीका अनुसार यशोधाका देवर वर्ष ४० वर्षिय शम्भु लोनियाले माघ १० गते राति भाउजुको ज्यान लिएका थिए । अत्यधिक मात्रामा मा’दक सेवन गरेको विषयमा शम्भु र पत्नी बिच विवाद भएपछि श्रीमती माइती गएकी थिइन् ।
श्रीमती माइत गएपछि शम्भु रातको ९ बजे भाउजु यशोधाको घरमा पुगेका थिए । देवर भाउजु बिच सहमतीमा स’म्ब’न्ध भएको र दोस्रो पटक स’म्पर्क ग’र्न खोज्दा यशोधाले प्रतिकार गर्न खोजे पछि घाँटी थिचेर हत्या गरेको स्विकार गरेको भण्डारीले बताए ।
घटनाको अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयको – नाइन शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर परिचालन भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए ।