बाँच्नु, मार्नु पर्छ अरे आत्मा!
देखेर पनि देखिन भन्नुपर्छ अरे!
सुनेर पनि सुनिन भन्नुपर्छ अरे!
समयसँगै हुर्कन्दैछु
म बाँच्दैछु !
मलाई सरोकार नराख्नु भनेका कुराहरुमा
सरोकार राख्न मनलाग्छ
जिउँदो हुनुको प्रमाण छाड्न मनलाग्छ
युगौ देखि गाडिएका ढुङ्गाहरुसित
मलाई नदाजियोस्
म अमुख ढुङ्गा बन्न चाहन्न
म बरु ढुङ्गा खोपेर
समय विरुद्ध
हस्ताक्षर गर्छु
अझै यहाँ,
मैले बाचेको समयमा
बितेका समयको दुर्गन्धहरु छ
यो शताब्दीसित मेल नखाने
मानसिकताहरु छ
तर
हामी बाच्दैछौ
अर्को शताब्दीलाई भारी थपेर !
कविताः बाँच्दैछु
कविताः बाँच्दैछु

तपाईको प्रतिक्रिया