लुम्बिनी : फागुन ३ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।लुम्बिनी प्रदेशमा लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको हो ।
लुम्बिनी मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।