रोल्पा : पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । रोल्पाको सुनिलस्मृति गाउँपालिका-३ खाराको पाेखरीमा डुबेर पाँच वर्षीय बालकको मृत्यु भएको हो ।
सुनिलस्मृति गाउँपालिका–२ खुङ्ग्रीका कृष्ण गिरीका पाँच वर्षीय छोरा निर्मल गिरीको हिजो बेलुका पाेखरीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।
बालक मामाघर आएको बेला सिँचाइ पोखरीमा डुबेका जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी विनोद घिमिरेले बताउनुभयो ।