काठमाडौं : छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा परेर दुईजनाको ज्यान गएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको २० घण्टे बुलेटिनअनुसार मोरङ र धनुषामा आगोले जलेर उनीहरूको मृत्यु भएको हो ।
क्षिरेश्वर नगरपालिका-९ इच्छापुर, धनुषाकी ८० वर्षीया मटरीदेवी पण्डितको मृत्यु भएको हो ।
त्यस्तै, पथरी शनिस्चरे-७ कीर्तिपुर मोरङकी ७१ वर्षीया ज्यान गएको प्राधिकरणले जनाएको छ ।