बैतडी : बैतडीमा जंगली बँदेलको लागि छाडिएको करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । सुर्नया गाउँपालिका ५ स्वालीमा जंगली जनावरले मकैबाली नष्ट गर्न थालेपछि बँदेल मार्नका लागि मकैबारीमा छाडिएको करेन्ट लागेर दाजुभाइको निधन भएको हो ।
निधन हुनेमा २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् । वुधवार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा सो दुर्घटना भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।
उनले भने,‘जंगली बदेल मार्नका लागि मकैबारीमा करेन्ट छोडेको रहेछ, उनीहरु बँदेल धपाउन मकैबारी गएका बेला करेन्ट लागेको भन्ने बुझिएको छ।
करेन्ट लाग्ने बित्तिकै दुबै जनाको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुने दुवै जना सहोदर भाइ हुन्।घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज,
प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ खटाइएको छ।
जिल्लाका सबैजसो स्थानमा लगाएको मकैबाली जंगली जनावरले नष्ट गर्न थालेकोले किसानहरुलाई मकै बाली जोगाउन धौधौ परेको छ ।
बुधबार राति ९ बजे तिर उनीहरूलाई करेन्ट लागेको प्रहरी निरीक्षक ओझाले बताए ।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटिएको छ।