गैँडाकोट : नवलपुरको कावासोतीमा अटो चालकको हत्या भएको छ । कावासोती नगरपालिका वडा नं. १३ गैरी घर भएका ५२ वर्षका माधवप्रसाद गिरीको हत्या भएको हो ।
घर नजिकैको घोलमा उनको शव गाडिएको अवस्थामा फेला परेको कावासोती नगरपालिका वडा नं. १३ का अध्यक्ष विनोद राना मगरले जानकारी दिनुभयो ।
सडक छेउमा अटो राखिएको र घोलको हिलोमा शव गाडेर माथिबाट कर्कलाको पातले छोपेर राखिएको अवस्थामा पाईएको वडाअध्यक्ष राना मगरले भन्नुभयो ।
गएराति घरमै बसिरहेका गिरीलाई अपरिचित ब्यक्तिले घरमै आएर अटोमा पुर्याईदिन भनेपछि उनि घरबाट निस्किएकाे वडा अध्यक्ष रानाले बताउनु भयो ।
नवलपुर प्रहरीले भने घटनाको अनुसन्धान भैरहेको बताएको छ । डिएसपी दिलिप कुमार गिरीले घटनाको अनुसन्धान भैरहेको बताउनुभयो ।