• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, साउन ३१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

लोकप्रिय समाचार

  • १. नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २. रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ३. आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ५. मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६. आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

यौन खेलौनाको व्यापार बढ्दो, सभासददेखि कलाकारमा यसको आकर्षण

काठमाडौं : पहिले पहिले बजारमा खुलेर कण्डम बेच्नै कठिन थियो । कण्डम बेच्न समस्या त होइन, तर खरिद गर्न आउनेहरु निकै संकोच मान्थे । त्यस्तो अवस्थामा सहजै व्यापार हुन कठिन थियो ।

अहिलेको खुला सोच विकास भइसकेको समाजमा त मान्छेले खुलमखुल्ला कण्डम किन्न लजाउने अवस्था छ भने ११ वर्षअघिको समय कस्तो थियो होला ?

त्यतिबेलाको चुनौतीपूर्ण बजारमा जोखिम मोलेर काठमाडौं पुरानो बसपार्कमा ११ वर्षअघि कान्तिपुर कण्डम हाउसको स्थापना गर्ने सञ्चालक समीर बोहोरा बताउँछन् ।
समाज बिस्तारै खुल्दै थियो । मान्छेले कृत्रिम यौन सम्पर्कका साधनहरुको खोजी गर्न थाले । उपभोक्ताको चाहना र आकर्षण बुझेपछि धेरै वर्ष कण्डम मात्रै बेचेकाहरुले पनि यौन खेलौना थप्न थाले । बोहोरा पनि बजार बिस्तारको लागि नभई ग्राहकहरुको आग्रहमा यौन खेलौना बिक्री गर्न थालेको बताउँछन् ।

यौन खेलौनाको बजार अहिले बिस्तारै बढिरहेको छ । यसको पछि चारवटा कारण रहेको बोहोराको बुझाइ छ ।पहिलो, पछिल्लो समय यौनको बारेमा बजार खुल्दै गयो । यो कुनै आडम्बर र अपराध नभएर प्राकृतिक कुरा हो भन्नेमा सहमत हुनेहरु बढ्दै गए ।

दोस्रो, यस्तो सामग्रीले मान्छेको यौन कुण्ठा मेटाउँछ भने जो पायो ऊसँग सम्पर्क गर्दा अनेक रोगहरु निम्तिने जोखिम पनि कम गर्छ ।

तेस्रो, वैदेशिक रोजगारीमा गएकाहरुले श्रीमानरश्रीमतीलाई होस् या आफैंलाई पनि यौन कुण्ठाका कारण दुर्घटना नहोस् भनेर यस्ता खेलौनाहरु किन्न थाले ।

चौथो, महिला तथा पुरुष साथी राखेर आफैँलाई अर्कोसँग समर्पित गर्नेभन्दा खुल्ला तरिकाले बाँच्न चाहने महिला तथा पुरुषले पनि अपनाउन थाले ।

न्यूरोडको भूगोल पार्कबाट पूर्वतर्फको गल्लीमा प्रवेश गर्दा दायाँतर्फ अवस्थित एक घरको दोस्रो तलामा छ, नाइस एण्ड नट्टी कण्डम हाउस । यो धेरै थरीको कण्डम एवं यौन खेलौना राख्ने पसलको रुपमा पनि चिनिन्छ । यसमा महिला र पुरुषको लागि थरीथरीका यौन खेलौनाहरु राखिएका छन् ।

त्यहाँका सञ्चालकका अनुसार पसलमा आएर यस्ता सामग्रीहरु कमैले खरिद गर्ने गर्छन् । बरु अनलाइनबाट यस्ता सामग्री खरिद गर्नेहरु बढी हुन्छन् । यस्तो गर्दा मान्छेले आफ्नो परिचय लुकाउन चाहन्छन् ।

सांसददेखि कलाकारसम्म नियमित ग्राहक

बबरमहलमा एउटा कार्यालय लिएर अनलाइन यौन खेलौना बिक्री गर्दै आएका सुदूरपश्चिम प्रदेशका सन्दिप चौधरी दोस्रो संविधानसभाकी एक सभासद नियमित यौन खेलौना लिन आउने गरेको सुनाउँछन् ।

उनले आफ्नो पहिचान पनि बताउँछिन् तर यसलाई बाहिर जानकारी नदिन आग्रह गर्ने गरेकी छन् । उनी सो पसलकी नियमित ग्राहक हुन् । उनी ३ र ४ महिनामा आउने र फरक–फरक यौन खेलौना लिएर फर्किने गर्छिन् वा अनलाइनबाटै मगाउने गर्छिन् ।

त्यस्तै, अर्की एक लोक दोहोरी गायिकाले पनि सोही पसलमा नियमित अनलाइनबाट यौन खेलौना मगाउने गरेको उनी सुनाउँछन् । तर उनले पनि आफूले लगेको सामग्रीबारे कसैलाई पनि जानकारी नदिन आग्रह गर्छिन् ।

यी सांसद र कलाकार जस्तै अरु धेरै नियमित ग्राहकहरु छन् । उनीहरु हरेकपटक फरक–फरक यौन खेलौना किन्छन् तर आफ्नो पहिचान बताउन चाहँदैनन् ।
चौधरी कतार एयरलाइन्सको केन्द्रीय कार्यालयमा कार्यरत थिए । उनले खाडीमा श्रीमान् हुने महिलाहरुका चाहना पूरा गर्न यौन खेलौना प्रभावकारी हुने निष्कर्ष निकाल्दै केही वर्षअघि नेपाल फर्किएर व्यवसाय सुरु गरेका हुन् । अहिले यस्ता खेलौनाको व्यवसाय अनलाइनमार्फत् फस्टाइरहेको उनी बताउँछन् । आफ्नो पहिलो ग्राहक महिला प्रहरी भएको बताउँदै उनी भन्छन्, ‘उहाँले जुन प्रडक्ट डिमान्ड गर्नु भएको थियो, त्यो हामीसँग थिएन, इम्पोर्ट गरेर ल्याऔं ।’

यौन चाहनाले कुनै पद र प्रतिष्ठा भन्दैन । संविधानसभा सदस्य हुन् वाकलाकार, उनीहरुको लागि कोही केटा साथी बनाउनुभन्दा यस्ता खेलौना सुरक्षित बन्ने गरेको छ । यसबाट यौन सन्तुष्टि मात्र होइन, धेरै प्रकारको सुरक्षा एकसाथ जोडिएर आउने उनीहरुको बुझाइ छ । नयाँ केटा साथी बनाउनुुभन्दा आफैँ यौन चाहना पूरा गर्नको लागि यस्तो सामग्री प्रयोग गर्ने गरेको उनीहरुको बुझाइ छ ।

कति पर्छ मूल्य रु

बजारमा अनेक आकार र मूल्यका यौन खेलौनाहरु पाइन्छ । सामान्य खेलौना ७र८ सय रुपैयाँदेखि ७०–८० हजार रुपैयाँसम्म पर्ने गर्छ । यसमा महिला वा पुरुष अंग रहने गरेका छन् । ३५ देखि ४० प्रकारका विभिन्न साइज र प्रकृतिका कण्डम बजारमा पाइन्छन् । १० रुपैयाँदेखि तीन हजारसम्म एउटै कण्डमको मूल्य पर्छ ।

शीघ्र स्खलन रोक्ने, स्किनलेस विशेषता भएका विभिन्न साइजका कण्डमदेखि पुनः प्रयोग गर्न सकिने खालका कण्डमसम्म बजारमा पाउने गरिन्छ । त्यस्तो त, एउटा फुल बडीलाई ७० देखि ८० हजार रुपैयाँसम्म पर्ने गरेको सञ्चालकहरु बताउँछन् ।(अनलाइन खबर बाट साभार

  • कलाकार
  • ग्राहक
  • नियमित
  • यौन खेलौना
  • व्यापार बढ्दो
  • सभासद
शनिबार, माघ १५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी
नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

लोकप्रिय

  • १.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ३.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ५.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • २.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • ५.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ६.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • ८.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.