काठमाडाैं : नेपाली सेनाद्वारा अवैध लागू औषध तथा एम्युनिशनरएक्सप्लोसिभ बरामद गरिएको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको सिद्धिबक्स गणबाट निकुञ्ज प्रशासनका कर्मचारीसहित परिचालित भएको एल.आर.पि. टोलीद्वारा अवैध लागू औषध तथा एम्युनिशनरएक्सप्लोसिभ बरामद गरिएको हो ।
लालभित्ति, शितलपुर खोला चुरे ईलाकामा अवैध रुपमा प्रवेश गरेका ६/७ जना समूहका मानिसहरुलाई पक्राउ गर्ने क्रममा सो लागुऔषध वरामद गरिएको हो । ।
६/७ जना समूहका ती मानिसहरू लागूऔषध छाडी फरार भएको नेपाली सेनाले जानकारी दिएकाे छ ।
सेनाबाट बरामद गरिएका उक्त सामानहरु निकुञ्ज प्रशासनलाई बुझाएको बताएकाे छ ।
बरामद गरिएका सामानहरु
(१) गाँजा- ६ बोरा (करीब २०० के.जी.)
(२) भरुवा बन्दुकको गोली गोटा-३९ (उनान्चालिस)
(३) बारुद- २०० ग्राम
(४) बम पटका गोटा-१६ (सोह्र)
(५) गन्धक-१/२ के.जी.
(६) प्याकिङ्ग डब्बा भएको सेफ सोली गोटा-१ (एक)
(७) टर्चलाईट गोटा-२ (दुई)
(८) चार्जर गोटा-१ (एक)
(९) कपडा राखिएको झोला गोटा-४ (चार)