रिडि : पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १४ अर्गली कुसेनिमा दिनहु बाघको आतङ्क बढेको छ। कुसेनी मगर बस्ती बिध्यालय परिसर र घर आगनमा बाघ आउने कराउने गर्दा गाउँ नै आतङ्कित भएको स्थानियको भनाइ छ ।
बनमा चराउन लैजादा बाघले खाने गरेको बताउदै एक स्थानियले आफ्ना खोरमा भएका थुनेका खसी,बोका,कुकुरहरु समेत पनि बाघले खाने गरेको गुनासो पोखेका छन् ।
लामो समय देखि बाघको यस्ता समस्या खेप्दै आएका कुसेनिका परियार टोल र बाहुन गाउँमा अहिले सम्म आफुहरुले निकास नपाएको दुखेसो पोखेका छन् ।
यसरी लगातार आतङ्कित हुने हो भने गाउँमा बस्न पनि नहुने आफ्नो बास नै नहुने उनीहरु वताउछन् ।