• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

  • १०. आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

अरूले पत्तै नपाउने गरी यसरी चलाउनुहोस् फेसबुक र मेसेन्जर (तरिका सहित)


फेसबुक एक निजीरूपमा सञ्चालित सामाजिक सञ्जाल हो, जुन फेसबुक निगमको स्वामित्वमा रहेको छ। प्रयोगकर्ताहरूले एक अर्कासँग साथी बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग गर्ने गर्दछन्। आफ्नो प्रोफाइल अध्यावधिक गरी साथीहरूलाई उनीहरूबारे जानकारी समेत गराउँदछन्। यसका अतिरिक्त प्रयोगकर्ताको सहर, विद्यालय, कलेज या कार्यस्थलको आधारमा बनाइएका सञ्जालमा सामेल हुन सक्छन्।

आफनो फेसबुक प्रयोगकर्ता पृष्ठको ‘वाल’ वा ‘टाइमलाइन’मा प्रयोगकर्ताले आफनो दैनिकी वा विविध विषय साथीहरू माझ बाँड्न समेत सक्‍छन्। प्रयोगकर्ताहरूले बढीमा ५,००० जना साथी आफ्नो खातामा जोड्न सक्छन्। फेसबुकद्वारा प्रदान गरिएको फेसबुक पृष्ठ नामक विशेष सेवा प्रयोग गरेर चर्चित व्यक्ति, कलाकारहरू आफ्ना प्रशंसकहरूसँग अन्तरक्रिया पनि गर्न सकिन्छ। फेसबुकमा अहिले एकअर्कासँग सन्देश वार्तालाप, भिडियो वार्तालाप, सामूहिक वार्तालाप र गीत सुन्ने जस्ता सुविधाहरू थप गरिएका छन्।

फेसबुक प्रयोग गर्नका लागि प्रयोगकर्ताको उमेर कम्‍तिमा १३ वर्षको हुनुपर्ने नियम रहेको छ साथै इमेलबाट फेसबुक खातालाई सक्रिय बनाइने भएकाले प्रयोगकर्तासँग निजी इमेल खाता हुनुपर्दछ, इमेल नभए आफ्नो फोन नम्बर राखेर पनि खाता खोल्न सकिन्छ। फेसबुक चलाउन मन नलागेमा आफ्नो खाता निस्कृय पनि बनाउन सकिन्छ।

खाता निस्कृय बनाइसकेपछि तत्कालका लागि फेसबुक खातामा कसैले टिप्पणी, पोस्टलाई लाइक र वालमा लेख्न सक्दैन, तर स्थायीरूपमा भने खाता मेटिदैन र पछि सक्रिय बनाएपछि सबै सूचनाहरू प्राप्त समेत गर्न सकिन्छ। फेसबुकको मुख्य वि’वादको कुरा यसको गोपनीयताको रहेको छ। यो वेबसाइटको नामको उद्गम भने विश्वविद्यालयले विद्यार्थीहरूलाई एक अर्कालाई चिन्न सहयोग पुर्‍याउने उद्देश्यले तयार पारिएको पुस्तकको नामबाट आएको हो, जुन नयाँ शत्र सुरु हुने बेला सबै विद्यार्थीहरूलाई दिने गरिन्थ्यो।

सन् २००४ मा मार्क जुकरबर्गले हार्वर्ड विश्वविद्यालयमा हुँदा उनका कलेज कोठामा सँगै बस्ने सहपाठी साथीहरू, जो कम्प्युटर विज्ञानका विद्यार्थीहरू थिए: एडवार्डो साभरिन, डस्टिन मोसकविट्ज, क्रिस ह्यूजेस र एन्ड्रयु म्याककोलमसँग मिलेर फेसबुकको स्थापना गरेका हुन्। वेबसाइटले सुरूमा हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरू माझ मात्र सीमित रहेपनि पछि बोस्टन क्षेत्रको आइभी लिग र स्ट्यानफोर्ड विश्वविद्यालयमा पनि फैलाइएको थियो।

सन २०१० नोभेम्‍बर १५का दिन फेसबुकका प्रमूख कार्यकारी अधिकृत अर्थात् सि.ई.ओ.जुकरबर्गले’फेसबुक मेसेज’ सुविधा ल्याउने कुरा सार्वजनिक गरे । उनले एक पत्रकार सम्‍मेलनमा अब फेसबुक प्रयोगकर्ताहरू @facebook.com राखेर इमेल खोल्‍न सक्‍ने बताएका छन्। कतिले भने ‘फेसबुक मेसेज’ लाई ‘जि-मेल किलर’को संज्ञा समेत दिएका छन्। ‘प्रोजेक्‍ट टाइटान’को कोडनाममा बनाईएको ‘फेसबुक मेसेज’लाई पूर्णरूपमा बनाउन भने १५ महिना लाग्‍ने बताईएको छ।

यदी तपाईले फेसबुक, इन्स्टाग्राम, ट्विटर, ह्वाट्सएप जस्ता सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्छ भने पक्कै पनि मेसेज आउँछ। सामाजिक सञ्जालमा जोडिएका साथीभाइको मेसेज आउनु पनि स्वाभाविक हो। ती मेसेजमध्ये कुनै मेसेज नचिनेको व्यक्ति अथवा तपाईंलाई मन नपर्ने व्यक्तिले पनि पठाएको हुनसक्छ। तपाईंसँग ती व्यक्तिलाई रिप्लाई नगरी बस्ने विकल्प छ।

तर यसबाहके तपाईं यस्ता सामाजिक सञ्जालमा अफलाइन पनि बस्न सक्नुहुन्‍छ। यसरी अफलाइन बस्नुभयो भने अन्य प्रयोगकर्ताले तपाईं सामाजिक सञ्जाल चलाइ रहनुभएको छ भन्ने थाहा पाउँदैनन्। अनि अनावश्यक रूपमा तपाईंलाई एक्टिभ देखेकै भरमा मेसेज गर्नेहरूले पनि मेसेज गर्न बन्द गर्नेछन्।

फेसबुक मोबाइल एपमा यसरी बस्नुहोस् अफलाइनः

– फेसबुक एपबाट आफ्नो फेसबुक खाता लग-इन गर्नुहोस्।

– मोबाइलको सबैभन्दा माथिल्लो भागको दायाँपट्टी रहेको तीन वटा धर्कोलाई चयन गर्नुहोस्।

– यहाँ तपाईंले तल स्क्रोल गरेपछि ‘सेटिङस् एन्ड प्राइभेसी’ भन्ने देख्नुहुन्छ। त्यसलाई चयन गर्नुहोस्।

– यसभित्र रहेको ‘सेटिङ्स’ भन्ने विकल्प रोज्नुहोस्।

– यता ‘अकाउन्ट’, ‘प्रिफेन्स’, ‘अडियन्स एन्ड भिजिबिलिटी’ लगायत विभिन्न खण्ड देख्नुहुन्छ। त्यसको ‘अडियन्स एन्ड भिजिबिलिटी’ भन्ने खण्डमा जानुहोस्।

– यसको सबैभन्दा तल ‘एक्टिभ स्टाटस’ भन्ने विकल्प हुन्छ। त्यसलाई रोज्नुहोस्।

– अब तपाईंले यहाँ ‘सो ह्वेन यू आर एक्टिभ’ भन्ने देख्नुहुन्छ। यसलाई टर्न-अन अथवा टर्न-अफ गर्न सक्नुहुन्छ।

फेसबुक मेसेन्जरमा यसरी बस्नुहोस् अफलाइनः

– फेसबुक मेसेन्जरबाट आफ्नो खाता लग-इन गर्नुहोस्।

– मेसेन्जर खुलिसकेपछि सबैभन्दा माथिल्लो भागको बायाँपट्टि तपाईले ‘च्याट’ भन्ने देख्नुहुन्छ। त्यसको छेउमा रहेको प्रोफाइल पिक्चरमा थिच्ने।

– यसमा तपाईंले प्रोफाइल खण्डमा ‘एक्टिभ स्टेटस’ भन्ने देख्नुहुन्छ। यसलाई चयन गर्नुहोस्।

– अब भने तपाईंले यहाँ ‘सो ह्वेन यू आर एक्टिभ’ भन्ने विकल्‍पलाई चयन गरी एक्टिभ स्टाटस टर्न-अन अथवा टर्न-अफ गर्न सक्नुहुन्छ।

यसरी तपाईंले फेसबुक एप र मेसेन्जर एपबाट अफलाइन बसेर यी सामाजिक सञ्जाल चलाउनु सक्नुहुन्छ। र, तपाईंले फेसबुक/मेसेन्जर चलाइ रहनुभएको छ भने कसैले चाल पनि पाउँदैन किनभने तपाईं अफलाइन हुनुहुन्छ। सेतो पाटि बाट

  • फेसबुक
  • मेसेन्जर
शुक्रबार, माघ १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन
बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ३.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ६.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ७.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.