• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

विमानस्थल अध्यागमन कार्यालय अधिकृत नै मानव तस्करसंग मिलेपछि

काठमाडौं : पर्यटक भिषामा खाडी मुलुक पुगेर अलपत्र नेपालीहरु स्वदेश फर्किएर सरकारको ध्यानाकर्षण गराएपछि अहिले सरकार पनि त्यस्ता गिरोह विरुद्ध सक्रिय भएर लागेको छ । गृह मन्त्रालयले त्यसरी भिजिट भिषामा मलेसिया लगायत खाडी मुलुक पठाउँदा अध्यागमनका अधिकृतहरु समेत सहयोगी बनेको भन्दै कारवाहीको प्रकृया सुरु गरेको छ ।

मानव तस्करलाई सघाएको आरोपमा अध्यागमन कार्यालयका ९ जना अधिकृत विरुद्ध गृह मन्त्रालयले एक्सन लिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत ९ जना अधिकृतलाई फिर्ता बोलाएको छ।

गृह मन्त्रालयले बिहीबारको पत्रबाट ती ९ जना अध्यागमन अधिकृतलाई फिर्ता गर्ने निर्णय गरेको हो। उनीहरुले मानव त स्क रलाई सहयोग गरेको खुल्न आएपछि कारवाही प्रकृया सुरु भएको हो । सुरुमा अध्यागमन कार्यालयवाट उनीहरुलाई हटाएर छानविन थालेको स्रोतले बताएको छ।

गृह मन्त्रालय उच्च स्रोतका अनुसार त्रिबी अध्यागमन कार्यालयबाट फिर्ता हुने अधिकृतहरुमा पुष्पराज शर्मा, अच्युत केसी, नयन्द्र कुमार पौडेल, रामप्रसाद ओली, अबिलास राई, दिपककुमार आचार्य, हेमराज जोशी, मौसम ढुंगेल र यम बहादुर भट्टराई छन्।

मानव तस्करसँगको मिलेमतोमा सर्वसाधारणलाई भिजिट भिसामा मलेसिया र खाडी मुलुक पठाउन अध्यागमनमा सेटिङ मिलाउने गरेको उनीहरुमाथि आरोप छ। विभिन्न म्यानपावर र एयरलाइन्ससंग मिलेर उनीहरुले भिजिट भिसामा कामदार पठाएको खुल्न आएपछि अनुसन्धान सुरु गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत उनीहरुको गतिविधिमाथि निगरानी गरिरहेको स्रोतले बताएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा से टि ङ भएको गुनासो आएपछि केही दिनअघि अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले स्थलगत अनुगमनसमेत गरेका थिए।

गृह मन्त्रालयले भिजिट भिसामा मलेसिया र खाडी मुलक गई विभिन्न सर्वसाधारणले कठिनाइ भोगिरहेको स्थितिको विश्लेषण गरी ठोस योजना पेस गर्न सहसचिव फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा अध्ययन समिति गठन गरेको छ। पोखरेल नेतृत्वको अध्ययन समितिले काम सुरु गरिसकेको छ।

  • अधिकृत
  • अध्यागमन
  • कार्यालय
  • मानव तस्करसंग
  • मिलेपछि
  • विमानस्थल
शुक्रबार, माघ १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.