• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

म एक २७ बर्षिया महिला, मेरो श्रीमानको यौन शक्ति कम छ, के गर्ने होला ?


म २७ वर्षीया विवाहित महिला हुँ । तीन वर्षको प्रेमपछि हाम्रो मागीविवाह भएको हो । विवाहअघि हामीबीच यौनसम्पर्क सीमित रूपमा सुरक्षित हिसाबले भैसकेको थियो ।हाल विवाह भएको एक वर्ष पुग्यो ।

यौनसम्पर्क गर्दा मेरो श्रीमानको वीर्य स्खलन एक मिनेटभित्र एकदमै छिटो भैहाल्छ, जसले गर्दा म सन्तुष्ट हुन सकिरहेकी छै न। यसका लागि उपर्युक्त उपाय के हुन सक्छ ? यौ,नसम्पर्क सामान्यतः कति अवधिको हुन्छ ? यौन सन्तुष्टिलाई पोजिसनले फरक पार्छ कि ? गर्भवती महिलाले यौनसम्पर्क गर्न हुन्छ कि हुदैन ? हुन्छ भने कुन पोजिसनमा गर्न सकिन्छ ?

उत्तर : शीघ्र स्खलन के हो ? किन्सेले गरेको अध्ययनअनुसार योनिमा लिङ्ग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको देखिएको थियो । शीघ्र स्खललाई कसरी परिभाषित गर्ने भन्ने निकै बहस पनि वैज्ञानिकहरूमा नभएको होइन ।

लिङ्ग योनिमा पसाएको ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीर्यस्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास पनि भए, तर अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्य स्खलन भए त्यसलाई छिटो वीर्यस्खलन भएको स्थिति अर्थात् शीघ्र स्खलन मान्न थालिएको छ । यो कुरा तपाईंको हकमा पनि लागू हुन्छ ।

यौनसम्पर्कलाई कति समय लम्ब्याउने भन्ने कुरा दम्पतीमा भर पर्छ । महिलालाई चरम सुखको स्थितिसम्म पुग्न केही बढी समय लाग्न सक्छ, त्यसैले पुरुषले लिङ्ग प्रवेश गराएर यौनसम्पर्क सुरु गर्नुभन्दा पहिले पर्याप्त मात्रामा पाक्क्रीडामा संलग्न हुन सके तपाईंलाई सहयोग पुग्थ्यो । योनिमा लिङ्ग नछिराई किन वीर्य स्खलन भएको होला ? प्रायः सबैजसो पुरुषले आफ्नो जीवनको कुनै न कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् ।

घर्षण नै गर्न नपाई योनिमा छिराउनासाथ वा छिराउनुभन्दा अघि नै वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो । सजिलो भाषामा भन्नुपर्दा वीर्य स्खलन चाँडो हुनु नै शीघ्र स्खलन हो । तपाइर्ंले पत्रमा उल्लेख गर्नुभएअनुसार निरन्तर शीघ्र स्खलनको समस्या छ र तपाईंको यौनसन्तुष्टि प्राप्तिमै नकारात्मक प्रभाव परेको छ ।

यसको पक्का कारण यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारणको मानसिक नै भएको पाइन्छ । कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुनसक्छ । आफ्नी श्रीमती वा यौनजोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले समस्या बढाउँछ ।

विरलै भए पनि केही समस्याको कारण त होइन भनेर केलाउन पनि बिर्सनु हुँदैन । आक्कल- झुकक्ल यस्तो शीघ्र स्लखन हुँदा चिन्ता गर्नु आवश्यक छैन । अनावश्यक रूपमा चिन्ता गरे झनै समस्या बढाउँछ । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने पक्कै तपाईंले समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यो समस्यालाई कम गर्न आफैंले गर्न सकिने केही उपाय छन् ः यौनसम्पर्क रोक्ने-सुरु गर्ने ः यौनसम्पर्क गरिरहँदा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर केही वेर यौनक्रीडालाई नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुनः यौनक्रीडा सुरु गर्ने ।

आसन परिवर्तन गर्ने: लोग्नेमान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौनसम्पर्क गरे पनि शीघ्र स्खलनलाई कम गर्न मद्दत पुग्छ ।

लिङ्ग अँठ्याउने : यौनसम्पर्क गरिरहँदा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अँठ्याउने र वीर्य स्खलन हुन नदिने। यौन उत्तेजना केही कम भएपछि पुनः यौनक्रिडा सुरु गर्ने ।

कन्डमको प्रयोग गर्ने : त्यस्तै कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेलामा चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाईदा पुर्‍याउँछ ।

मांसपेशी प्रयोग गर्ने : पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ ।

वीर्य स्खलन नियन्त्रणको अभ्यास : यो दीर्घकालीन उपचारमा सहयोगी हुनसक्छ । हस्तमैथुन गर्ने र वीर्य स्खलन होला जस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भएपछि पुनः हस्तमैथुन सुरु गर्ने र वीर्य स्खलन होलाजस्तो रोक्ने र यो प्रक्रिया दोहार्‍याउने ।

वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नी श्रीमती (यौनसाथी)सँग यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने तर यौन सम्पर्क भने नगर्ने ।वीर्य स्खलन होलाजस्तो भए पनि क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने ।

आफ्नो यौनसाथीसँग पहिले कुनै चिप्लो पदार्थ प्रयोग नगरी र पछि चिप्लो पदार्थ प्रयोग गरेर यस्तो क्रियाकलापमा संलग्न हुने । अब वीर्य स्खलनमा पर्याप्त नियन्त्रण भयो जस्तो लागेपछि लिङ्गलाई बिस्तारै भगक्षेत्र (योनिक्षेत्र) मा स्पर्श वा हल्का घर्षण गर्ने तर यौनसम्पर्क भने नगर्ने । यस्तो गर्दा वीर्य स्खलन होलाजस्तो भए यी क्रियाकलाप गर्न रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने ।

वीर्य स्खलनलाई पर्याप्त नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि माथि भनिएजस्तै पहिले श्रीमती बढी सक्रिय हुने गरेर यौनसम्पर्क सुरु गर्ने अनि वीर्य स्खलनको नियन्त्रण गर्न सकिने स्थिती वा क्षमता हेर्दै विविध तरिका अवलम्बन गर्दै यौनसम्पर्कलाई अघि बढाउने ।

समय र धैर्यता निकै लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणमा यो अभ्यास निकै लाभदायक हुनसक्छ र यसमा श्रीमान्लाई तपाईंको पर्याप्त सहयोग चाहिन्छ ।

  • उपाय
  • कम
  • यौनशक्ति
बिहिबार, माघ १३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

भर्खरै

  • १.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.