काठमाण्डौ : बैतडीमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत बस मेलौली नगरपालिका–२ रौतगाउँमा बिहान दुर्घटना हुँदा आठ जना घाइते भएका हुन् ।
ना ७ ख २५७० नम्बरको बसमा ३२ जना यात्रु थिए ।
घाइतेलाई उपचारका लागि डडेल्धुरा जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । ।