पाँचथर : पाँचथरको राँकेदेखि रबितर्फ गइरहेको ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मे १ त १–०१–००१ त ८५९५ नम्बरको ट्याक्टर सडकबाट तल खस्दा इन्जिनले किचेर चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा इलामको माङसेवुङ ३ घर भएका २१ वर्षीय रवीन लिम्बु रहेका छन् ।
दुर्घटना बुधबार दिउँसो १ बजे राँके रबि सडकखण्ड अन्तर्गत मिक्लाजुङ गाउँपालिका १ फुङसिङमा भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर बिश्वकर्माले जानकारी दिनुभयो । सुचना अधिकारीका अनुसार ट्याक्टर सडकदेखि ७ मिटर तल खसेको हो ।
दुर्घटनापछि लिम्बुको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ केन्द्र रबि पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।