चितवन : नालीमा परि गैडाको मृत्युको खवर नसेलाउदै फेरि अर्को घटना भएको छ । भरतपुर महानगरपालिका भित्री सडकको नालीमा खसेर एक जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–९ गोन्द्राङको भित्री सडकको नालीमा साइकलसहित खसेर स्थानीय व्यक्तिको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय राजु विकको रहेको प्रहरीले जनाएको छ ।
आज बिहान अन्दाजी ७ बजे विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । विकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।