• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

लोकप्रिय समाचार

  • १. नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २. जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ३. रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ४. आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६. आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

पिडित महिला यौन कर्मी भएको पुष्टी ,पैसाको लेनदेनमा विवाद भएपछि सामूहिक बलात्कारको उजुरी

काठमाडौं : तीन साताअघि गोंगबुमा एक महिलाको ‘सामूहिक बलात्कार’ भएको घटनामा प्रहरीले घटनामा संलग्नहरुलाई पक्राउ गरिसकेको छ।

हाल यस प्रकरणमा नयाँ तथ्यहरु भेटिएका छन् । ‘पीडित’ महिला र आरोपी पुरुषहरुबीच पैसाको लेनदेनसबन्धी विवाद रहेको पाइएको छ ।
पीडित भनिएकी महिला पेशेवर यौनकर्मी रहेको पनि खुलासा भएको छ। । शर्तबमोजिम पैसा नपाएपछि उनले सामूहिक बलात्कारमा मुद्दा दायर गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

गत पुस १२ गते साँझदेखि भोलिपल्ट साँझसम्म ९ जना युवाले सुर्खेत घर भएकी ३२ वर्षीया महिलालाई नयाँ बसपार्कस्थित मित्रनगरका विभिन्न तीनवटा होटलमा लगेर यौ,न सम्बन्ध राखेका थिए ।

बलात्कारका आरोपीमध्ये मुगुको एकै नगरपालिकाका ७ जना छन् । उनीहरु वैदेशिक रोजगारीका लागि काठमाडौंमा बसिरहेका थिए । उनीहरुमध्ये केहीको भिसा लागिसकेको थियो ।

प्रहरीका अनुसार पुस १२ गते साँझ मुगुको छायाँनाथ रारा नगरपालिका स्थायी घर भएका २४ वर्षीय युवराज बडुवालले ती महिलालाई भेटेका थिए । पैसाको विषयमा सहमतिपछि ती महिलालाई त्यसरात मदिरा पिएर सँगै सुत्ने भनेर होटल लगेको युवराजले बयान दिएका छन् ।

होटलमा त्यसरात युवराज र छायाँनाथ रारा नगरपालिकाकै २३ वर्षीय हिक्मत नेपालीसँग ती महिला बसेको अनुसन्धानमा पाइएको छ । उनीहरु सबैले मदिरा सेवन गरेका थिए ।

भोलिपल्ट बिहान युवराजले ती महिलालाई तीन सय रुपैयाँ दिए । त्यसपछि हिक्मतले महिलालाई आफ्ना ६ जना साथीहरु रहेको अर्को होटलमा पुर्याए ।

त्यतिबेलासम्म महिला नशामै थिइन् । हिक्मतले साथीहरुलाई ती महिलासँग यौ,नसम्पर्क गर्ने भए प्रत्येकले एक–दुई सय रुपैयाँ दिनुपर्ने बताएका थिए । हिक्मतले साथीहरुबाट पैसा पनि उठाएको तर महिलालाई नदिएको पाइएको छ ।

त्यहाँबाट निस्किएकी महिलाको भेट ४३ वर्षीय गोपालकुमार शिरिषसँग भएको थियो । भोलिपल्ट ओमान उड्न लागेका शिरिषले भने ती महिलासँग एक्लै सम्बन्ध राखेको प्रहरीको दाबी छ ।

शिरिषले समेत पैसा नदिएपछि ती महिला बलात्कृत भएको भन्दै प्रहरीकहाँ पुगेकी थिइन् । त्यसै दिन शिरिष पक्राउ परेका थिए । त्यसको भोलिपल्ट पुस १४ गते प्रहरीले कलङ्कीको एक गेस्ट हाउसबाट ६ जनालाई पक्राउ गरेको थियो ।

सरकारी वकिल कार्यालयले बुधबार अदालतमा मुद्दा पेश गरेको छ । अभियोगपत्रमा तीनवटा होटलका सञ्चालकसहित १२ जनालाई प्रतिवादी बनाइएको छ । होटल सञ्चालकलाई मतियार बनाइएको छ भने बलात्कारमा संलग्न ९ जनामध्ये ८ जनालाई सामूहिक बलात्कार र एक जनालाई बलात्कारमा प्रतिवादी बनाइएको छ ।

काठमाडौं प्रहरी परिसर प्रमुख सुदिप गिरीले सरकारी वकिल कार्यालयले होटल सञ्चालकसमेतलाई प्रतिवादी बनाउनुपर्ने बताएपछि उनीहरुलाई पक्राउ पुर्जी लिएर हिरासतमा लिइएको बताए ।

तीनै जना होटल सञ्चालकलाई एक साताअघि मात्र पक्राउ गरिएको हो । अब शुक्रबारदेखि अदालतमा प्रतिवादीको बयान हुनेछ र त्यसपछि थुनछेकको बहस हुनेछ ।

कानूनमा १८ वर्ष वा सोभन्दा बढी उमेरका महिलालाई बलात्कार गरेमा ७ देखि १० वर्षसम्म कैद सजाय हुन्छ । यदि बलात्कार सामूहिक भए थप ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

  • उजुरी
  • कर्मी
  • पिडित
  • पुष्टी
  • पैसाको
  • बलात्कारको
  • भएपछि
  • महिला
  • यौन
  • लेनदेनमा
  • विवाद
  • सामूहि
सोमबार, माघ १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी
नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

लोकप्रिय

  • १.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ३.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ४.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • २.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • ५.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ६.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • ८.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.