चितवन : नालीमा परेर एक बयस्क गैंडाको मृत्यु भएको छ । नारायणगढको पुल्चोक देखि टिकौली जगंलको गोन्द्राङ सम्म ६ लेन सडक विस्तारका क्रममा खनिएको नालीमा परेर एक बयस्क पोथी गैंडाको मृत्यु भएको हो ।
बाटो तर्ने क्रममा उक्त गैंडा ढल छेउको खनिएको खाडलमा अड्किएर निस्कन नसकि मरेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।
ढल निर्माण सम्म भईसक्दा समेत समयमै खाल्डो नपुर्दा दुर्घटना बढ्ने सम्भावना देखिएको छ । यो जंगली जनावर हिड्ने करीडोर पनि हो ।
ठेकेदारको लापरबाहीका कारण यो घटना भएको सर्वसाधाराणको गुनासो छ ।
यो क्षेत्रमा बनाएका नाली महिनौसम्म नपुर्ने, स्लाव नहाल्ने गर्दा साना बालबालिकाहरूसमेत त्यहाँ पर्ने जोखिम रहेको स्थानियहरु वताउछन् ।
स्थानियले यसको अनुसन्धान गरि दोषी माथि कारवाहीको माग समेत गरेका छन् । साथै छिटोभन्दा छिटो समयमै जोखिम विपरित वनाउन समेत आग्रह गरेका छन ।