शास्त्रअनुसार कुचोलाई लक्ष्मीको प्रतिक मानिन्छ। त्यसैले झाडु कुचोसँग जोडिएका केही कुराको विशेष ध्यान नराख्दा विभिन्न समस्या उत्पन्न हुने शास्त्रमा उल्लेख छ ।
त्यसैले वास्तुशास्त्रका अनुसार कुचो सम्बन्धी यी कुराहरुमा विशेष ध्यान दिन जरुरी छ ;
-कुचोलाई लक्ष्मीको प्रतिक मानिने हुदा कहिलै पनि खुट्टाले झाडुलाइ टेक्ने ,छुने गर्नुहुदैन
-घर वा अफिसमा कुच्चोको काम सकिएपछि त्यसलाई नदेखिने ठाउमा राख्नुपर्छ । जति वेला पनि देखिरहने भएपछि शास्त्रले अशुभ हुने वताउंछ।
-कुचो भाँचिदा पनि हामी त्यसको प्रयोग गछौँ। त्यो एकदमै गलत हो। यदी घर वा अफिसमा कुचो झाँचियो वा टुट्फुट भएमा त्यसलाई तुरुन्त परिवर्तन गर्नुहोस्।
-यदी मिल्यो भने झाडुलाई पश्चिम दिशाको कुनै कोठामा राख्नुहोस्। यस दिशामा कुचो राख्नु निकै राम्रो मानिन्छ। जसले गर्दा कुचोका कारण तपाईको घरमा कुनै नकारात्मक प्रभाव पर्न सक्दैन्।
-वेलुकीको समयमा कुचो लगाउनु वास्तुशास्त्रका अनुसार अशुभ मानिन्छ। वेलुकी कुचो लगाउदा लक्ष्मी बाहिरीने विश्वास भएकाले रात वा वेलुकीको समयमा कुचो लगाउनुहुदैन ।
-कुचोलाई कहिलै पनि ठाडो बनाएर राख्नुहुदैन। कुचो ठाडो राख्दा गरिवी भित्रिने विश्वास छ त्यसैले कुचोलाइ जमिनमा सुताएरै राख्नुपर्छ ।