चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड अहिले सञ्चालनमा आएको छ। पहिरोका कारण अवरुद्ध बनेको सडकखण्ड बिहान ११ बजेदेखि सञ्चालनमा आएको हो । इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २, २:३० बजे तिर सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो।
तीनवटा एक्साभेटर र एउटा लोडर प्रयोग गरि पहिरो पन्छ्याइएको नारायणगढमुग्लिनसडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभयो । इन्जिनियर आचार्यका अनुसार झण्डै ३० मिटर सडक माथिबाट पहिरो खसेको थियो ।
सडकको पहिरो पन्छाएसँगै यातायात सञ्चालनमा आएको छ।