चितवन : चितवनमा गैँडाको आक्रमणमा परि दुई जना घाइते भएका छन्। पश्चिम चितवनको भरतपुर महानगरपालिका–२२ पटिहानीमा वुधवार
दिउँसो साढे ३ बजे गैँडाको आक्रमणबाट दुई जेष्ठ नागरिक घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइते हुनेमा स्थानीय ७० वर्षीय बुदना महतो र ८० वर्षीय धोधारी महतो रहेका छन्।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार घर अगाडि घाम तापेर बसिरहेको अवस्थामा उनीहरूलाई गैँडाले आक्रमण गरेको हो ।
आक्रमणमा परेका दुवै जना खतरामुक्त रहेको र उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको कार्यालयले जानकारी दिएको छ।