काठमाडौँ — ‘गुन्डा नाइके’ गणेश लामा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका लामाले १७८२ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
लामा विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमबाट कांग्रेसमा समाहित भएका नेता हुन् । उनी तत्कालीन फोरमको केन्द्रीय सदस्य थिए । त्यसो त कांग्रेस मात्रै नभएर अन्य दलहरूमा समेत गु’ण्डाहरू र गु’ण्डागर्दीको पृष्ठभुमिबाट आएर राजनीतिक संरक्षण प्राप्त गर्न तथा आफ्नो शक्ति कायम गर्न भन्दै लाग्ने गरिरहेकै छन्।
कांग्रेस प्रवेश गरेपछि लामालाई कांग्रेसले काभ्रे क्षेत्र नं. १ (ख) बाट वाग्मती प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको थियो । उनीमाथि रक्तचन्दन तस्करीदेखि फि’रौती र ठे’क्कापट्टा असुलीसम्मको कारोबारमा संलग्न भएको प्र’हरीको आ’रोप छ ।
पटक–पटक हिरासत बसेका उनलाई अकुत सम्पत्ति कमाएको आरोपमा सम्पत्ति शुद्धिकरणले समेत मुद्दा लगाएको थियो ।अहिले पनि विभिन्न गु’ण्डाहरू आफू केन्द्रिय नेतृत्व सँग हिमचिम बढाउँदै आफ्नो आ’परा’धिक गतिविधि गरिरहेको भेटिन्छ।



