धादिङ । धादिङको कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ मा बुधवार भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन् । द्रुत गतिमा गुडेको सवारी साधन साँघुरो घुम्तीमा दुईवटा बस एकापसमा ठोक्किएर भएको दुर्घटनामा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
धादिङबँेसीबाट चितवन गइरहेको ना५ख ३२३५ नंको बस र काठमाडाँैबाट धादिङबेँसी हँुदै फूलखर्कतर्फ आउँदै गरेको ना७ख ५८२८ नंको बस एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी जागेश्वर भण्डारीले बताए ।
दुर्घटनामा घाइते भएका सबैको धादिङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भीर अवस्थाका दुईजनाको थप उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको छ । बाँकी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
केही यात्रुलाई बसमा चेपिएको अवस्थामा समेत उद्धार गरिएको थियो । दुर्घटनापछि सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडकलाई डोजरको सहायताले सवारी साधन हटाएर यातायात सञ्चालन गराइएको बताइएको छ ।
दुर्घटनामा परी घाईतेहुनेहरुको यसप्रकार रहनुभएको छ । – नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का १९ बर्षका कविता विक, सिद्धलेक वडा नम्बर ७ बस्ने ५९ बर्षीय गुणराज खतिवडा, नीलकण्ठ नगरपालिका वडा नम्बर १ बस्ने ७९ बर्षीय खड्क बहादुर गुरुङ, गंगाजमुना–३ बस्ने ३२ बर्षीय सरोज थापा
ज्वालामुखी–५ का ३ बर्षीय साईरन गुरुङ, गण्डकी १ गोरखाका २६ बर्षीय सुलोचन आले , सोहि स्थान बस्ने ७ बर्षीय सुष्मा आले , नीलकण्ठ–८ बस्ने ३३ बर्षीय कृष्ण कुमार श्रेष्ठ, नीलकण्ठ–३ बस्ने १७ बर्षीय टंक कुमारी श्रेष्ठ
हेटौडा ९ मकवानपुर बस्ने २० बर्षीय आस्था सापकोटा, सोहि स्थान बस्ने २४ बर्षीय आर्शिष सापकोटा, नीलकण्ठका ७० बर्षीय काजी गुरुङ , त्रिपुरासुन्दरी–५ बस्ने ७१ बर्षीय जीन बहादुर अधिकारी , खनियाबास–३ बस्ने २१ बर्षीय रामचन्द्र तामाङ
नीलकण्ठ–६ बस्ने २३बर्षीय सदिक्षा रानामगर , चन्द्रगिरी–१३ बस्ने २१ बर्षीय शुसिला थापामगर सोहि स्थान बस्ने २५ बर्षीय सन्तोष थापामगर नीलकण्ठ–४ बस्ने १९ बर्षीय भरत बस्नेत.सोहि स्थान बस्ने २१ बर्षीय धन बहादुर गुरुङ , नीलकण्ठ–२ बस्ने ३० बर्षीय मनिता गुरुङ , ज्वालामुखी–२ बस्ने ७०बर्षीय लक्ष्मी प्रसाद अर्याल
नीलकण्ठ–३ बस्ने ३० बर्षीय रोजिना श्रेष्ठ, ज्वालामुखी–४ बस्ने १८ बर्षीय विकास गुरुङ, नीलकण्ठ–८ बस्ने ५० बर्षीय निरमाया थापा, गंगाजमुना–५ बस्ने ३५बर्षीय प्रमोद पाण्डे, टोखा नगररपालिका ६ बस्ने ३५ बर्षीय प्रदिप पौडेल, हेटौडा–५ मकवानपुर बस्ने ३८ बर्षीय युनिसा परियार
सोहि स्थान बस्ने १३ बर्षीय युरिका परियार, सोहि स्थान बस्ने ५८ बर्षीय लक्ष्मण परियार , नीलकण्ठ–६ बस्ने ५० बर्षीय जुनकिरी राना, त्रिपुरासुन्दरी–४ बस्ने २६ बर्षीय हरि बहादुर रानामगर, शक्तिखोर चितवन बस्ने २०बर्षीय तिमोथि गदाल , ज्वालामुखी–७ बस्ने १५ बर्षीय समिर दनै, नीलकण्ठ–२ बस्ने ५१ बर्षीय राजेन्द्र सिलवाल, नीलकण्ठ–८ बस्ने १५ बर्षीय सुजता विक, सिद्धलेक बस्ने २५ बर्षीय अनिल नेपाली घाईते भएका छन्।