• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

एमाले चितवनको रडाको : रावल,पोखरेल र शैलेसको आ-आफ्नो समुह


चितवन,२९ भदौ ।  नेकपा एमालेको विभाजन पछि एमाले चितवनमा दिन दिनै नयाँ नयाँ समुह र समीकरण देखा पर्न थालेको छ । चितवन जिल्लाको एमाले विभाजन अघी माधव नेपाल समुहको गढ़ मानिथ्यो । नेकपा एमालेको नौ जिल्ला अधिवेशनमा माधव नेपाल समुहले अध्यक्ष् सहित अधिकाँश पदहरुमा जितेको थियो ।

चितवनमा माधव नेपाल समुहको नेतृत्व सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, कृष्ण खानल लगायतका नेताहरुले गर्थे र् जिल्लामा उनीहरुको वर्चस्व थियो । केपी ओली समुहको नेतृत्व काशीनाथ अधिकारी, देवी ज्ञवाली र् जगन्नाथ थपलिया लगायतका नेताहरुले गर्थे । केपी ओली सरकारको संसद विघटन अघि सम्म चितवनमा माधव नेपाल समुह एकजुट थियो र संसद विघटनलाई प्रतिगमन भनेर नेकपा चितवनले संस्थागत निर्णय नै गरेर सडक आन्दोलन गर्यो ।

चितवनमा उक्त आन्दोलन माधव नेपाल समुहका नेताहरु कै नेत्रित्वमा भएको थियो । तर सर्वोच्च अदालतलको फैसलाले नेकपा विभाजन गरिदिए पछी चितवनमा माधव नेपाल समुह तितरबितर भयो । चितवनमामाधव नेपाल समुहबाट पहिलो हाम फाल्ने नेता प्रतिनिधिसभा सदस्य तथा जिल्ला अध्यक्ष् कृष्णभक्त पोखरेल थिए ।

नेकपा हुदा प्रचण्ड संग सुमुधुर समबन्ध बनाएका पोखरेल नेकपा विभाजन लगतै माधव नेपाल समुहको रास्ट्रिय भेलाबाट सिधै निस्किएर ओली समुहमा सुवास नेबांग मार्फत प्रबेस गरेका थिए । पोखरेल ओली समुहमा गए पनि उनलाइ अबसरवादी भन्दै नेपाल समुहका जिल्लाका कुनै नेता कार्याकर्ता पनि उनी संग एमालेमा गएनन ।

यस बिचमा नेकपा एमालेमा ओली समुहले नेत्री पार्वती रावलको नेत्रितोमा जिल्ला कमिटी गठन गरिसकेको थियो । आफु ओली समुहमा प्रबेस गरेकाले आफूलाई जिल्ला अध्यक्ष् बनाउन पोखरेलले बिलौना गरेपनि रावलको अडानले पोख्रेलको अध्यक्ष् बन्ने दाउ पुराहुन सकेन । यस बीच आफूलाई एकदिन भएपनि अध्यक्ष् बनाएर जिल्लामा इज्जत जोगाइ दिन उनले अनुरोध गरिरहेका थिए तर अन्त्य ओली समुहको दबाब पछी जिल्ला भेला मार्फत पार्वती रावललाइ आफैले अध्यक्ष् सुम्पेका थिए ।

नेपाल समुहमा दोश्रो पहिरो नेकपा एमालेको औपचारिक विभाजन पछि गएको देखिन्छ  । नेकपा एकिकृत समाजवादीको गठन पछि १० बुदे को कार्यावन्यको नाममा नेपाल समुहका दोश्रो पुस्ताका नेताहरु फेरि एमालेमा नै बस्ने निर्णय गरेका थिए । चितवन क्षेत्र् एकका संसद तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे एमालेमा नै जाने निर्णय गरेपछि चितवन जिल्लामा पनि त्यसको प्रभाव देखियो  । जिल्ला अधिबेशनमा नब्बे प्रतिशत सदस्य जितेको नेपाल समुह विभाजित भए पछि कार्याकर्तामा एककृत समाजवादीमा जाने वा एमालेमा नै रहने अन्योल छाएको थियो । एमाले नेता पाण्डे जिल्ला भरी घरदैलो गरेर कार्याकर्ताहरुलाई एमालेमा नै लाग्न जिल्लामा अभियान नै चलाएका थिए ।

पाण्डेको अभियानमा नेकपा एमाले माधव नेपाल समुहका समान्तर कमिटीका सचिव प्रकाश ढुंगाना,युवा नेता केशव आचार्य लगायतका नेताहरु एमालेमा रहने निर्णय गरेका थिए । जिल्लामा नेताहरुको व्यापक दबाब बाबजुद एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण खनाल भने नेकपा एककृत समाजवादीमा जाने निर्णय गरे र लगतै बागमती प्रदेशको मन्त्री बाट पनि राजिनामा गरेका थिए । नेता खनाललाइ समाजवादीमा सनाखत गर्ने समान्तर कमिटीका अध्यक्ष् तेजेन्द्र खड्काले दबाब दिएका थिए ।

१० बुदे धोका हो र् कठिन समयमा माधव नेपाललाइ धोका दिनु हुदैन भन्दै खड्का लगायतका माधव नेपाल समुहका अधिकांस नेताहरु समाजवादीमा खुलेर नै लागेका थिए । खड्काले आफ्नो  नेत्रितोको समानान्तर  जिल्ला कमिटीलाइ नेकपा एककृत समाजवादीमा भाद्र २५ गतेको भेला मार्फत रुपान्तरण गर्ने जानकारी पत्रकारहरुलाई दिएका थिए ।

तर भाद्र २५ गतेको भेलामा खड्का स्वयम आफै अनुपस्थित भए । खड्कालाइ एमालेमा फर्कन सुरेन्द्र पाण्डे,कृष्णभक्त पोखरेल   ओली समुहका जिल्ला नेताहरुले जिल्लामा २०७५ जेठ २ लागु गर्ने र् एमालेको भाद्र २८ गतेको जेठ २को जिल्ला कमिटीको बैठक मार्फत जिल्ला अध्यक्ष् बनाउने प्रस्ताव गरेका थिए क्ष्नेपाल समुहमा प्रतिबद्ध मानिएका खड्का एमालेको जिल्ला अध्यक्ष् बन्ने प्रस्ताब आए पछी एककृत समाजवादीको आफैले आयोजना गरेको भेलामा फोन सविचअफ गरेर अनुपस्थित भए क्ष्प्रस्तावित अध्यक्ष् नै सम्पर्क विहिन भएपछि नेकपा एककृत समाजवादीले पुराना वामपन्थी नेता डा.कृष्ण पन्थलाई भेला मार्फत अध्यक्ष् बनाएको थियो ।

चितवनमा नेकपा एककृत समाजवादीले कमिटी घोसणा गरिसकेपछि ओली समुहका नेताहरुले फसबुक मार्फत तेजेन्द्र खड्कालाई एमालेमा नै रहने भएकाले बधाई दिए । तर खड्का को एमाले प्रबेस एकदिन पनि टिक्न सकेन । अघिल्लो दिन खडकालाई अध्यक्ष् दिने भनिए पनि भोलि पल्टै जिल्लाका नेताहरुले आफ्ना बोली फेर्न थाले । नेकपा एमालेको विभाजन पछी एमाले ओली समुहमा पनि विभिन्न उपसमुहहरु बनिसकेका थिए । यी विभिन्न गुटहरुको स्वार्थ र संघर्षका कारणले अव नेकपा एमालेको जिल्ला अध्यक्ष्को बन्ने रस्साकस्सी चलेको छ ।

नेकपा एमालेको नौजिल्ला अधिवेशन देखि नै पार्वती रावल विजय सुवेदीको एमाले महासचिव समर्थित समुह पार्टी अध्यक्ष ओली समर्थित काशीनाथ अधिकारी, देवी ज्ञवाली, जगन्नाथ थपलिया समर्थित दुई समुहहरु थिए । नेकपाको विभाजन पछि एमाले चितवनमा तेस्रो धारको रुपमा बादल समुहको प्रवेश भयो । माओवादी बाट ओली समुहमा आएका बादलको गृह जिल्लामा माओवादी नेता शैलेस खनालको नेत्रितो नयाँ गुटको निर्माण भयो ।

चितवन एमालेको बादल समुहमा रत्ननगरकाले नगरपालिकाका मेयर नारायण वन, कालिका नगरपालिकाका मेयर गोपी श्रेष्ठ, व्यापारी दिपक कर्मचार्य, जि.स.स सभापति कृष्ण डल्लाकोटी लगायतहरुले माधव समुह छोडेर बादललाइ रोजेका थिए । ओली समुहमा एक्लै प्रवेश गरेका जिल्ला अध्यक्ष् कृष्णभक्त पोखरेल भने जगन्नाथ थपलिया, रामप्रसाद न्यौपाने मार्फत उनीहरुको समुहमा लागेका थिए । १० बुदे पछि सुरेन्द्र पाण्डेको जिल्ला प्रबेसले फेरि पाण्डेको नयाँ समुह बन्यो जसमा जिल्ला नेताहरु खोम्कांत रेग्मी, घनश्याम कंडेल, बिनोद रेग्मी लगायतहरु लागेका छन् ।

तेजेन्द्र खड्कालाइ अध्यक्ष् बनाउने प्रतिबद्धता गरेका नेता कृष्णभक्त पोख्रेलले भोलिपल्ट नै २०७५ जेठ २ मा आफु अध्यक्ष् रहेको ६ महिना सम्म आफुले अध्यक्ष पाउनु पर्ने अडान राखेका छन । जिल्ला अधिवेशन सम्म आफु अध्यक्ष हुने  अधिवेशन पछी युवा नेता रामप्रसाद न्यौपाने लाइ जिल्ला अध्यक्ष बनाउछु भने पछी ओली समुहका अधिकांस नेताहरु खड्कालाई सबोटेज गरेर कृष्णभक्त पोखरेलको पछी लागेका छन । संसद विघटन देखि पार्टी विभाजन सम्म ससद पद देखि राजनीतिक जीवन दाउमा राखेका पार्वती रावलको समुह भने विकसित घटनाक्रम बाट असन्तुष्ट बनेको छ ।

हिजो आन्दोलनको बेला जिल्लाको मोर्चा आफुहरुले सम्हाल्ने तर हिजो ओली प्रतिगामी भनेर आन्दोलन गर्ने हरु आज जिल्लामा हालीमुहाली गर्न थालेपछि उनीहरु ससंकित बनेका हुन् । नेकपा एमालेको जिल्ला अध्यक्ष् रावलले जेठ २ मा फर्कने तर दुखमा आफुलाई साथ दिएका कार्याकर्ताहरुको राजनितिक संरक्षण नभए सम्म पोख्रेल वा खड्का कसैलाई पनि अध्यक्ष् नछोड्ने अडान राखेका छन । उनको अडानमा बादल समुहको पनि साथ रहेको बताईएको छ । आफूलाई दिईएको प्रतिबद्धता पुरा नहुने  एमालेमा आफुलाई स्वीकार नगरिने देखे पछी तेजेन्द्र खड्काले आफु एमाले र एककृत समाजवादी कुनै पार्टीमा पनि नरहेको स्टेटमेन्ट जारी गरेका थिए ।

नेकपा एमाले चितवनमा विभन्न गुट हरुमा अध्यक्ष्को लागि रडको मच्चिए पछी आज भाद्र २८ गते राखिएको जिल्ला कमिटी बैठक असोज ५ गतेलाई सारिएको छ । जिल्लाका नेताहरुमा सहमति गराउन सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारी, अनादं पोख्रेल लगायत नेताहरुले भरतपुर स्थित ग्लोबल होटेलमा नेताहरु संग बार्ता गरेका थिए । वार्तामा बसेका एक जिल्ला नेता मध्ये एक ले नेताहरुको प्रस्ताब बाबजुद पनि अध्यक्ष मा सबै समुहको आआफ्नो दाबीको कारणले ठोस सहमति हुन नसकेको बताए । ग्लोबल होटेल को वार्ता विफल भएपछी नेकपा एमालेको तीन समुह अहिले छुटा छुट्टै बार्ता बसीरहेको जानकारी प्राप्त भएको छ । एमाले चितवनको यो नेत्रितो लफडा सजिलै नमिल्ने नेताहरुले बताएका छन । रातोपाटीबाट

मङ्गलबार, भदौ २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

भर्खरै

  • १.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.